Home » » सुखौरा र सल्यान सडकसंग जोडिदै

सुखौरा र सल्यान सडकसंग जोडिदै

बागलुङ, २० असोज/जिल्लाको सडक सञ्जालसंग नजोडिएका सुखौरा र सल्यानमा मोटर पुग्ने भएको छ । मध्यपहाडी लोकमार्गको डाडाखेतबाट सुखौरा र सल्यान हुदै गुल्मीको शान्तिपुरहुँदै बुटवल जोड्ने फास्ट्र ट्याकको रुपमा मोटरबाटो निर्माणको काम सुरु गरिएको छ । अहिलेको दशैसम्म यातायात सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई तीब्रता दिइएपनि अहिले भारतले गरेको अघोषित नाकाबन्दीको कारण काम रोकिएको छ । भित्रीबन तर्फबाट सडक निर्माण कार्य सुरु गरिएको थियो ।



अहिले सुखौरा र हटियाको बिच देउराली बाट सडक हटिया तर्फ अघि बढीसकेको अवस्थामा मंगलवारदेखि तेलको अभावमा काम प्रभावित बनेको हो । क्षेत्रगत बिकास कार्यक्रम अन्र्तगत छुट्टिएको १४ लाख ७० हजार सडक निर्माणमा यस अघिनै खर्च भएको छ । अहिले जिबिस बाग्लुङको ४ लाख ५० हजार अनुदानमा उक्त सडकको निर्माण कार्य चलिरहेको जिल्ला विकास समिति बाग्लुङका ईन्जिनियर दिनवन्धु साहले बताए । उक्त बजेटबाट सुखौराको भित्रिबनदेखि देउरालीसम्म बाटो खनिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद शर्माले बताए । देउरालीदेखि खरुवाको पत्थरे सम्मको ३ किमि बाटो जिविसको अनुदानको आशा र बाग्लुङ क्षेत्र नं २ का रूपान्तरित ब्यबस्थापिका सांसद प्रकाश शर्मा पौडेलले सहयोग गर्ने आश्वासन अनुसार निर्माण कार्य जारी राख्ने अध्यक्ष शर्माले बताए  । तेल पाईने बित्तिकै काम सुरु हुने शर्माले जानकारी दिए । अहिले गुल्मीको शान्तिपुरहुँदै सुखौराको भित्रिबन सम्म यातायातका साधन संचालन हुदै आएका छन्, तर सदरमुकामसंग सडक संजालबाट यि गाबिस अछुतो रहेका छन् । सुखौरा जोड्नको लागि गाबिस, जिबिस र स्थानियको प्रयासमा हटिया–७ खरुवाको पत्थरे र हटिया ६ नुवाकोटको मुलाछर्नीसम्म दुई ओटा बाटो खनिएको छ । यि दुबै बाटोलाई सुखौरा तर्फबाट आएको बाटोमा जोडेने लक्ष्य रहेको अध्यक्ष शर्माको भनाई छ । यो बाटोको निर्माण कार्य सम्पन्न भएपछि बागलुङबाट बुटवल जाने सबैभन्दा छोटो दुरीको बाटो बन्ने स्थानियले बताएका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}