Home » » मन्त्री भागबन्डाले एमालेमा खिचलो, को को छन मन्त्री बन्ने तयारीमा ?

मन्त्री भागबन्डाले एमालेमा खिचलो, को को छन मन्त्री बन्ने तयारीमा ?

काठमाडौं- सत्तारुढ प्रमुख दलमा आन्तरिक खिचलो बढ्दा मन्त्रिपरिषदले पूर्णता पाउन समय लाग्ने देखिएको छ। केही शक्तिशाली मन्त्रालय भागबन्डा मिले पनि दलहरुबीच अन्य मन्त्रालयको जिम्मेवारी बाँडफाँट अझै टुंगो लागेको छैन।
एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेतालाई अन्य राजनीतिक दलसँग छलफल गरेर अन्तिम निर्णय लिने जिम्मेवारी दिए पनि छलफलले अन्तिम रुप लिन सकेको छैन।

'कुन मन्त्रालय कुन दललाई भन्नेमा दलहरुबीच कुनै समस्या छैन,' अन्तरपार्टी वार्तामा संलग्न एमाले उपमहासचिव विष्णु पौडेलले भने, 'मन्त्रिपरिषद विस्तारको ठ्याक्कै मिति भन्न सकिँदैन तर चाँडै हुन्छ।'
सरकार नेतृत्व दल एमालेले अर्थ मन्त्रालयसहित नौ, एकीकृत नेकपा माओवादीले उपप्रधान तथा गृह मन्त्रालयसहित ८, राप्रपा नेपालले उपप्रधान तथा परराष्ट्रसहित तीन, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले उपप्रधान तथा भौतिक पूर्वाधारसहित तीन मन्त्रालय पाउने मोटामोटी सहमति छ।

एमालेले पाउने अर्थ मन्त्रालयमा उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको दाबी छ। प्रधानमन्त्रीपछि दोस्रो नेताका रुपमा सरकारमा को सहभागी हुने भन्नेमा पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव पौडेलबीच प्रतिस्पर्धा छ।

एमालेबाट मन्त्री बन्ने सम्भावित सूचीमा पशुपति चौलागाई, शेरधन राई, शेरबहादुर तामाङ, प्रकाश ज्वाला, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, विनोद श्रेष्ठलगायत छन्। मधेसबाट शत्रुधन महतो, रामचन्द्र यादव र नागेन्द्र चौधरीको नाममा छलफल चलेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}