Home » » भोलि ३ बजेबाट सबै पम्पबाट तेल पाइने

भोलि ३ बजेबाट सबै पम्पबाट तेल पाइने

काठमाडौं, २५ असोज उपत्यकामा मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पबाट पेट्रोल–डिजेल वितरण हुने भएको छ । उपत्यकामा रहेका करिब एक सय २५ पम्पले दिउँसो तीन बजेबाट निजी सवरीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउनेछन् । आजको नयाँ पत्रिकामा खबर छ ।


भारतले नाकाबन्दीको गरेको साता दिनदेखि नै आयल निगमले निजी सवारीलाई इन्धन वितरण रोकेको थियो । तर, दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पले इन्धन वितरण गर्ने व्यवस्था मिलाएको निगमको थानकोट डिपो प्रमुख रविनकुमार शर्माले जानकारी दिए । ‘मंगलबार दिउँसो ३ बजेबाट उपत्यकाका सबै पम्पले इन्धन वितरण गर्नेछन्,’ उनले भने, ‘उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर आई इन्धन भर्नुहोला ।’ तोकिएको परिमाणअनुसार इन्धन भरेर बिलबुकमा आयल निगमको लोगोअंकित छाप लगाउने व्यवस्था भएकाले बिलबुक अनिवार्य लिएर आउन आग्रह गरेको उनले बताए ।

‘सवारीसाधनमा इन्धन भरेपछि बिलबुकमा आयल निगम अंकित लोगो लगाइदिन्छौँ,’ शर्माले भने, ‘एउटा पम्पमा तेल भरेको सवारीसाधनले फेरि अर्को पम्पमा गएर इन्धन नभरोस् भन्नका लागि बिलबुकमा छाप लगाउने निर्णय भएको हो ।’

आइतबार साँझ निगम पदाधिकारी र पेट्रोलियम व्यवसायी बैठक बसी मंगलबार ३ बजेबाट सर्वसाधारणलाई इन्धन दिने निर्णय भएको हो । उपत्यकाको सामान्य अवधिको दैनिक पेट्रोल खपत तीन लाख ५० हजार र डिजेल खपत चार लाख ५० हजार हो । तर, निजी सवारीले धेरै दिनदेखि इन्धन नपाएको र पाँच लिटर तथा १५ लिटरका दरले वितरण गर्ने भएकाले बढी वितरण गर्न लागिएको उनले बताए । ‘यो परिमाणले उपत्यकाका निजी सवारीसाधनलाई इन्धन पुर्‍याउन सकिन्छ भन्ने अपेक्षा छ,’ उनले भने । उपत्यकामा करिब सात लाखको संख्यामा मोटरसाइकल मात्रै दर्ता भएका छन् । त्यस्तै करिब एक लाख ३० हजार कार, जिप र भ्यान दर्ता भएका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}