
|
|
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सर्वसाधारण र समुदायमा सचेतना फैलाउन माइती नेपालले चितवनमा ‘एक्टिभ’ परियोजना सुरु गरेको छ। चितवन र सिन्धुपाल्चोक जिल्लाका सीमित गाविसमा समुदायको माध्यमद्वारा मानव बेचबिखनको अन्त्य (एक्टिभ) कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक मदनकुमार चौलागाईंले जानकारी दिनुभयो।
उहाँका अनुसार सिन्धुपाल्चोक र चितवनका लागि प्रशासनिकसहित कुल रु ९९ लाखको कार्यक्रम सुरु गरिएको हो । जर्मनीमा रहेको आओ इन्टरनेसनलको आर्थिक सहयोगमा परियोजना सुरु भएको हो।
चितवनको कविलास र दारेचोकमा उक्त कार्यक्रम लागू भएको चौलागाईंले जानकारी दिनुभयो। यी दुई गाविस राजमार्गको नजिक, बढी महिला बालबालिका शोषणमा पर्ने र प्रलोभनमा पर्ने देखिएकाले छनोट गरेर कार्यक्रम सञ्चालन गर्न थालिएको माइती नेपालले जनाएको छ।
क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले डेढ वर्षसम्म कार्यक्रम सञ्चालन गरी समुदायलाई सशक्तीकरण गर्ने र सचेतना फैलाउने जानकारी दिनुभयो। माइती नेपालले चीनमा हुने जटिल खालको बेचबिखन रोक्न खासामा बसेर काम गर्दै आएको छ भने देशका विभिन्न जिल्लाका ११ वटा नाकामा बेचबिखनको निगरानी गर्दै आएको छ । धेरै चेलीलाई उद्धार गरेर सीपसमेत दिइसकेको छ।
अहिले सुरु भएको एक्टिभ परियोजनामार्फत महिला बेचबिचन हुनबाट रोक्ने, महिलालाई सशक्तीकरण गर्ने, युवा बालबालिका तथा मजदुरलाई उचित सहयोग गर्ने र उद्धार गरिएकालाई सक्षम बनाउने कार्यक्रम रहेको दवाडीले जानकारी दिनुभयो। -रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

