Home » » किन १० दिनदेखिको नाकाबन्दी खोल्न सहमत भयो भारत ? read and watch now news

किन १० दिनदेखिको नाकाबन्दी खोल्न सहमत भयो भारत ? read and watch now news

काठमाडौं-नेपालमा संविधान जारी भएलगत्तै तराईमा असुरक्षा बढेको भनेर भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी खुला गर्ने भएको छ । पटक पटकका अनौपचारिक संवादपछि नाका खोल्न भारत सहमत भएको हो । 

नाकाबन्दी गरेको घोषणा नगरेकाले खोल्दा पनि भारतले औपचारिक घोषणा गरेको छैन । तर, शनिबार साँझ भारतीय विदेश मन्त्रालयले सवारीसाधन आवत–जावतमा सहजता ल्याउन र नाकामा अवरोध नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 
 

नेपाली राजदूत र भारतीय अधिकारीबीच भेटवार्ता 
नेपाली राजदूत दीपकुमार उपाध्यायले शुक्रबार साँझ भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटेर पछिल्लो परिस्थितिबारे विस्तृत छलफल गरेका थिए । भेटमा डोभालले सीमा क्षेत्रमा भएको अवरोधले नेपाली जनतालाई परेको असुविधाप्रति भारतीय प्रधानमन्त्री चिन्तित रहेको र सकेसम्म छिटो नाका सहज बनाउन प्रयास गरिरहेको बताएका थिए । 

उद्योगपति विनोद चौधरी दिल्लीमा सक्रिय 
तीन दल र प्रधानमन्त्रीको सन्देश लिएर दिल्ली आएका विनोद चौधरीले भारतका उच्चपदस्थ अधिकारीसँग शुक्रबार र शनिबार दिनभर भेटवार्ता गरेका थिए । ‘राजनीतिक पार्टी, सरकार र उद्योगी साथीहरूको आग्रहमा भारतका सम्बद्ध अधिकारीदेखि महत्त्वपूर्ण व्यक्तित्वसँग कुराकानी गरेँ,’ शनिबार नयाँ पत्रिकासँग उनले भने, ‘भारतीय अधिकारीहरूले नाकामा रोकिएका सामानहरू नेपालतिर पठाउन सहमति जनाएका छन्, सम्भव भएसम्म चाँडै अवरोध हट्ने वचन पाएको छु ।’ 

प्रधानमन्त्रीलाई राजदूत रायले दिए जानकारी 
भारत सरकारको निर्णयबारे जानकारी गराउन राजदूत रणजित राय शनिबार साँझ बालुवाटार पुगेका थिए । उनले शुक्रबारबाटै केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको जानकारी दिँदै आइतबार र सोमबारसम्म थप केही नाकाको व्यवस्था सामान्य हुने बताए ।
 राजदूत रायले यस सम्बन्धमा भारतको विदेश मन्त्रालय र सम्बन्धित निकायका उच्च अधिकारीसँग निरन्तर सम्पर्क गरिरहेको जानकारी गराए । 

पटक पटकका वार्तापछि भारत सकारात्मक 
काठमाडौंमा तीन दलका प्रतिनिधि र मधेसी मोर्चाको वार्ता पनि सकारात्मक बन्दै गएकोमा भारत लचिलो बनेको हो । यसअघि वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले दिल्लीमा विदेशमन्त्री सुष्मा स्वराज, आपूर्तिमन्त्री निर्मला सिथारमण, पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानसँग भेटेका थिए । भारतीय सरकारी अधिकारीहरूले अब नाकामा रोकिएका गाडी नेपालको सुरक्षा प्रबन्धमा नेपालतर्फ जाने बताएका छन् । ‘हामीले तत्कालै नाका खुलाएर इन्धन, खाना पकाउने ग्यासको सुचारु राति नै गरौँ भनेका छौँ, उनीहरू पनि सकारात्मक छन्,’ राजदूत उपाध्यायले नयाँ पत्रिकासँग भने, ‘नेपालीलाई परेको अप्ठेरो बुझेका छौँ, जतिसक्दो चाँडो सुचारु गर्छौँ भनेका छन् ।’ अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}