
|
|
एजेन्सी – सानैबाट अभिनयमा रुची राख्ने नायिका रजनी केसीको अभिनय मोह हुर्कर्दै जाँदा झन बढ्दै गयो । पर्दामा करिश्मा मानन्धर, कृष्टि मैनाली हेरेर हुर्केकी उनी छवि ओझाको ब्यानर मार्फत नेपाली सिने नगरिमा देखा परिन । चलचित्रको व्यापार गर्न सिपालू छविराज ओझाले बनाएका प्राय चलचित्रले औषतमा राम्रै व्यापार गर्दै आएका बेला ओझाको ब्यानरबाट सिने नगरिमा आएकी केसीले अभिनय गरेको पहिलो चलचित्र भने सफल चलचित्रको सूचीमा पर्न सकेनन् । चलचित्र ‘लोफर’ चल्नु अघि धेरै चर्चा पाएकी र मिडियामा जमेकी रजनीको लोफर चल्न नसकेपछि भने एकाएक चर्चा हरायो ।
सानैदेखिको अभिनयको सोख ‘लोफर’ले पुरा गरिदिएपनि डेब्यु फिल्म नै फ्ल्प हुँदा रजनीको आँखा धेरै पल्ट भरियो र पोखियो पनि । मिडियाहरुले पनि लोफर नचलेपछि रजनी हराईन भन्ने आशयका समाचार सम्प्रेषण गरे । त्यसपछि त अभिनयको गहिरो मोह बोकेर सिने नगरिमा आएकी रजनीको मन कुडिएर आयो । उनी धेरै पल्ट आफ्नी आमाको काखमा आँसु बनेर झरिन । तर, उनकी आमाले आँसुसँगै बग्न दिइनन् रजनीका आशा र हिम्मत दिदै गइन ।
व्यापारिक रुपमा रजनीले अभिनय गरेको पहिलो चलचित्र ‘लोफर’ सफल नबने पनि उनको अभिनयको अन्य सम्भावनाको ढोका भने यहि चलचित्रले खोली दियो । उनलाई नेपाली दर्शकले यहि चलचित्र मार्फत चिने । र यहि चलचित्रले खोलीदियो परदेशीको ढोका । चलचित्र ‘लोफर’मा नै रजनीको अभिनय देखेर प्रभावित भएका गोर्खापल्टनका निर्देशक नारायण रायमाझीले उनको दोस्रो चलचित्र ‘परदेशी’की नायिका रजनीलाई नै बनाए । परदेशीमा टिपिकल गाउँले केटीको भुमीकामा देखिदै गरेकी रजनीले वास्तविक जीवनमै त्यती गाउँले र नेपाली परिवेश देखेकी थिईनन् । तर, उनले देख्दै नदेखेको यहि परिवेशले अहिले उनलाई चर्चामा तानिरहेको छ ।
चलचित्र परदेशीका गीत तथा प्रोमो रिलिज भैसकेका छन् । सार्वजनिक भएका प्रोमो तथा गीतमा उनले निर्वाह गरेको भूमीकालाई हेरेर धेरैले प्रशंसा गरेका छन् । रजनी आफै पनि चलचित्र परदेशी मार्फत निक्कै आशावादी छन् । उनले यो चलचित्र अभिनयका क्रममा पनि आँसु झार्नु पर्ने सिनमा साच्चिकै आँसु झारेकी छन् । उनी जस्तै मन बोकेका धेरै नेपाली दर्शकको रोजाइमा चलचित्र ‘परदेशी’ यसअर्थमा पनि पर्छ भन्ने रजनीको विश्वास रहेको छ । उनले निक्कै आशा बोकेको यो चलचित्र कार्तिक १५ गते अर्थात दशैको फूलपातीबाट अल नेपाल रिलिज हुँदै छ । केहि समय अघि राजधानी बाहेकका जिल्लामा मात्रै कार्तिक ५ गतेबाट चलचित्र रिलिज हुँने भनिएको भएपनि अन्ततः राजधानीमा पनि यो चलचित्र फूलपातीबाटै रिलिज हुने भएको छ । चलचित्र परदेशीले रजनीको अभिनय यात्रा ‘ब्रास्लेट’सम्म तानिदिएको छ । उनले अभिनय गरेकी करिब २ वर्षपछि परदेशी पर्दामा लाग्दै गर्दा उनले ‘ब्रास्लेट’मा अभिनय गरिसकेकी छन् ।
रजनीका लागी यो चलचित्र आफू भित्रको अभिनय देखाउँने माध्यम मात्रै होइन नेपाली संस्कृति सिकाउँने एउटा पाठशाला समेत भएको छ । नेपालमा जन्मिएर पनि नेपाली टिपिकल संस्कृति देख्न नपाएकी उनले यहि चलचित्रमा आफ्ना संस्कृतिलाई चिनेकी छन्, भोगेकी छन् । चलचित्र अभिनयका क्रममा सुखको खोजीमा परदेश गएकी एउटी महिलाको मृत्यु भएर लाश ल्याएको ठाउँमा रुनु पर्ने दृष्य खिच्ने बेलामा उनी आफैले आफूलाई सम्हाल्न नसकेर रोइन । त्यसबेला उनलाई त्यो मृत लाश उनकै नजिकका आफन्तको जस्तो महसुश भयो, उनी साच्चिकै रुन पुगीन ।
यहि चलचित्र छायाँकनका क्रममा कति उनका फ्यानले आफ्नी आमाले उनलाई बुहारी बनाउँन चाहेको खबर लिएर आएका थिए । तर, रजनीले आफू जुन पृष्ठभूमीमा अभिनय गर्दै छु त्यो पृष्ठभूमीका बारेमा आफूलाई केहि थाहा नभएको बताउँथिन । प्रेमको मामलामा रजनी अहिलेसम्म अभागी रहिछन् । अभागी यसकारण उनलाई थुप्रै प्रेम प्रस्ताव आए । तर, उनलाई आउने प्रेम प्रस्ताव कि त उनी भन्दा साना भाईहरुको हुन्थ्यो, कि त निक्कै ठुला दाईहरुको । रजनीले अहिलेसम्म आफू सुहाउँदो, आफ्नै उमेरको कसैले प्रेम प्रस्ताव लिएर नआएको बताएकी छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
