Home » » तीन मन्त्रालयको नेतृत्व गर्दै विजय गच्छदार सरकारमा सामेल, कुन कुन मन्त्रालय पाए ?

तीन मन्त्रालयको नेतृत्व गर्दै विजय गच्छदार सरकारमा सामेल, कुन कुन मन्त्रालय पाए ?

'प्रधानमन्त्री केपी ओलीसँगै गच्छदारले पनि आजै सपथ लिने'
काठमाडौं, २५ असोज । संविधानमा थारु, मधेसी, जनजातिका माग सम्बोधन नभएको भन्दै मधेस आन्दोलनमा उत्रिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अन्ततः सरकारमा सहभागी भएको छ ।

अध्यक्ष विजय गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिकले नयाँ सरकारमा तीन मन्त्रालय सम्हाल्ने भएको हो । सोमबार पार्टी अध्यक्ष गच्छदारले उपप्रधानमन्त्री र भौतिक योजना तथा निर्माणमन्त्रीको सपथ लिने फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिनुभयो ।

नवनिर्वाचित प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने सहमति भएको बताइएको छ । जसमध्ये उप प्रधान तथा भौतिक योजना तथा निर्माण र टुंगो लागिनसकेका अन्य दुई मन्त्रालय जिम्मेवारी सम्हाल्ने तयारीमा फोरम लोकतान्त्रिक छ । अन्य दुई मन्त्रालयका लागि अरु मन्त्री पछि छान्ने चौधरीले बताउनुभयो । यद्यपी फोरम लोकतान्त्रिकको भागमा उर्जा र सिँचाई मन्त्रालय पर्ने चर्चा छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}