
|
|
मुगुको कार्कीवाडा गाविस ५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन्। पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
दुई जनाले छिमेकीको घरमा शारीरिक सम्बन्ध राख्दै गर्दा फेला पारेपछि जगेन्द्रलाई ४०० मिटर टाढा ताल्चा गमगढी सडकखण्डको पाटपोटेनी भन्ने स्थानसम्म लखेटी हत्या गरेको र त्यहाँबाट घर फर्केर आई श्रीमतीको पनि हत्या गरेको धर्मराजले प्रहरीसमक्ष बयान दिएका छन्। दुवै जनाको हत्यापछि २२ महिनाको छोरो लिई धर्मराजले रातिनै ताल्चा प्रहरी चौकीमा पुगी आत्मसमर्पण गरेका थिए। त्यसलगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिई आज बिहान मृतकको शव परीक्षण गरेको र शवलाई आफन्तको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाले जानकारी दिनुभयो। प्रहरीले धर्मराजलाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ। मृतक जगेन्द्रको चार सन्तान रहेका बताइएको छ। - रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
