
|
|
भारत सरकारले देशभर सुरक्षा व्यवस्था कडा बनायो
नयाँ दिल्ली, २६ असोज । हिन्दूहरुको महान चाँड दिपावलीको सुरुआतसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तिहारका समयमा कुनै पक्षबाट समेत आक्रमण हुन सक्ने भन्दै भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सरकारले देशैभरी सुरक्षा व्यवस्था कडा पारेको समाचार एजेन्सीहरुले जनाएका छन् । भारतीय अधिकारीका अनुसार देशमा तिहारको तयारी भइरहेका बेला हिंसा भड्काउन पाकिस्तानबाट तालिमप्राप्त पाँच आतंकवादी लडाकु भारत पसेका छन् ।
त्यसै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केन्द्र सरकारले सबै राज्य सरकारलाई तिहारको बेला सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइएको भारतको गृह मन्त्रालयले जनाएको छ । पाकिस्तानी लडाकुहरु भारतीय प्रधानमन्त्री मोदीलाई नै निशानामा पारेर भारत पसेको अधिकारीहरुले दाबी गरेका छन् । यसको कारण हो मोदी हिन्दूवादी नेता हुनु । पाकिस्तानी आतंकवादी मुसलमान हुन् । जसका कारण मोदी उनीहरुको पहिलो निशानामा छन् । भारतमा आतंक मच्चाएर मोदीलाई असफल पार्न उनीहरु लागिरहेको भारतको खुफिया एजन्सीहरुले गृहमन्त्रालयलाई सूचना दिएका छन् । त्यही सूचनाका आधारमा गृह मन्त्रालयले सम्वेदनशील स्थानमा सर्तकता अपनाउन हाइ अलर्ट जारी गरेको हो । हरेक राज्यका सहरहरुमा धार्मिक स्थलहरु, बजारहरु, रेलवे स्टेशनहरु, बसपार्क आदि स्थानमा पुलिस फोर्स तैनाथ गर्न निर्देशन दिइएको छ । साथै शान्ति सुरक्षाको प्रत्याभूति गराउन निर्देश गरिएको छ । गृह मन्त्रालयले मुंबई, दिल्ली, बेंगलोर, हैदराबाद, कोलकाता, र चेन्नई जस्ता ठूला सहरका पुलिस प्रमुखलाई आजदेखि नवरात्र, दुर्गा पूजा, दशहरा सुरु भएकाले विशेष शतर्कता अपनाउन निर्देशन दिएको छ । र भीड लाग्ने स्थानमा संयौको संख्यामा प्रहरी परिचालन गर्न निर्देशन दिएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

