Home » » बाबुरामको विसर्जनसँगै क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको अनिवार्यता

बाबुरामको विसर्जनसँगै क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको अनिवार्यता


टिप्पणी, गोकर्ण भट्ट । कम्युनिष्टहरु फुट्नु र जुट्नु त्यति नौलो रहेन नेपालको कम्युनिष्ट आन्दोलनमा । विचार, कार्यशैली, व्यक्तिगत ‘इगो’, संगठन, कार्यदिशा जस्ता कतिपय पक्ष हावी हुँदा कम्युनिष्टहरु फुट्दै आए र समयक्रम अनुसार जुटे पनि ।

कम्युनिष्टहरुले सिद्धान्त र कार्यदिशामा समानता भए एकता हुने बताउँदै आएका छन् । तर कतिपय अवस्थामा सिद्धान्तमा अष्पष्टता र कार्यशैलीमा व्यक्तित्वको ‘इगो’ फूटको कारण बन्ने गर्दछ । इतिहास त के पनि छ व्यक्तिले अघि सारेको कार्यदिशा स्वीकार्य हुन्छ तर व्यक्ति निष्काशनमा पर्छ । अझ कतिपय बेला त कार्यदिशा समान हुन्छ, सोचाई र विचार समान हुन्छ तर व्यक्तित्वको टकरावले उनीहरु अलग हुन्छन् । नेपाली समाजको वर्ग चरित्रका आधारमा अन्तरविरोध पहिल्याएर क्रान्ति या पार्टीको कार्यदिशा तय गर्ने सवालमा देखिने जड्ता र सिर्जनात्मकताको नाममा समग्र क्रान्तिकारी आधारभूत पक्षहरुलाई नै परित्याग गर्ने अर्को समस्या पनि यहाँ रही आएको छ ।

विचारधारात्मक हिसाबले माओत्सेतुृङको नयाँ जनवादी क्रान्तिको सिद्धान्तलाई मान्ने र नमान्ने मुख्य प्रश्नमा नै नेपालका कम्युनिष्ट आन्दोलन ध्रवीकृत भयो ।

नेपाली समाजको वर्ग चरित्र, शोषणमुलक उत्पादनसम्बन्धका बारेमा भ्रमपूर्ण विचार अघि सारेका छन् । शोषण, दमन, अन्याय, उत्पीडिनको बुर्जुवा समाधान खोजेका छन् । उत्पादन सम्बन्धले सिर्जना हुने असमानताविरुद्ध समन्वयवादी बाटोको वकालत गरेका छन् । समग्र लेनिनवाद, माओ विचार, विश्वभरीका कम्युनिष्ट आन्दोलनहरु, आक्रामक वित्तिय पूँजिवादविरुद्ध विश्वका जनताको संघर्षको खिल्ली उडाएका छन् । यो एकदमै दुखद परिघटना हो ।

पञ्चायतकालदेखि नै एकथरीले माओलाई निषेध गरे भने अर्कोथरीले माओलाई आफ्नो सैद्धान्तिक आधार बनाए । यो दुई कित्ताको कम्युनिष्ट पथभित्र फेरी कैयन् गोरेटोहरु बने । अहिले नै क्रान्ति गर्ने कि पर्खिने ? को सँगमिलेर क्रान्ति गर्ने ? को दुश्मन हो ? परिस्थिति कहिले तयार हुन्छ ? तरिका के ? जस्ता कैयन् पक्षहरुले माओका विचार मान्नेहरुबीच फूट ल्यायो । चालीसको दशकदेखि माओविचार मान्ने कम्युनिष्टहरु मोटो र पातलो ‘श÷स’ तथा चौथो महाधिवेशनको नाममा राजनीति गर्दै अघि बढे । इतिहासकै क्रममा एकताकेन्द्र हुँदै माओवादी जन्मियो । पातलो (स) अर्थात् मोहनबिक्रमको मसालले आफ्नो अविछिन्न माओविचारधाराको बाटो समात्यो । उता मोटो श हरु मोहनबैद्य हुँदै प्रचण्डलाई केन्द्रमा राखेर जनयुद्धतर्फ अघि बढे । यही बीचमा पातालो सबाट मोहभंग भएको भन्दै अति क्रान्तिकारीता प्रदर्शन गर्दै बाबुराम भट्टराई माओवादीका एकजना मुख्य व्यक्ति बने । क्रान्तिकारी माक्र्सवादका ब्याख्याता नै बने उनी ।

संसदीय अभ्यास त्यस्तो डरलाग्दो आहाल हो, जहाँ आफ्ना र पराई चिनिँदैनन् । आफ्नै भन्नेहरु समेत पराई हुन्छन् र पराई भन्नेहरु नयाँ रुपरंगमा आफ्ना बन्न खोज्छन् । संसदीय अभ्यासको ऐनामा वास्तविक अनुहार देखिँदैन । त्यहाँ विरोधीहरु पनि आफ्नै हुन कि भन्ने भान पर्छ । कतिपय अवस्थामा तासका महलमा चढाइदिन्छन् विपक्षीहरुले ।

समयक्रमले यो माओवादीको यात्रा अविच्छिन्न हुन सकेन । जनयुद्धकालमा सत्ता र शक्ति केन्द्रहरुको निशानामा रहँदा पार्टीभित्रका अन्तरविरोध जे जस्ता भएपनि एकीकृत नै रहेको माओवादीमा संसदीय अभ्यासका क्रममा भने चिरा पर्न थाले । सिद्धान्तमा व्यक्त क्रान्तिकारीता संगठनका हकमा, व्यक्तिका हकमा र पार्टी संस्कृतिका हकमा जोगिन सकेन । अन्ततः माओवादीभित्रबाट बिभिन्न बहानामा, सिद्धान्त, कार्यशैली जे जस्तो भनेपनि फूट शुरु भयो । मोहनवैद्य निस्किए, त्यहाँबाट अर्को गोरेटे नेत्रबिक्रम चन्दले समाते । मातृकाहरु निस्किए । मणि थापाहरु त यसअघि नै सांस्कृतिक क्रान्तिको नारा उचाल्दै थिए ।

संसदीय अभ्यास त्यस्तो डरलाग्दो आहाल हो, जहाँ आफ्ना र पराई चिनिँदैनन् । आफ्नै भन्नेहरु समेत पराई हुन्छन् र पराई भन्नेहरु नयाँ रुपरंगमा आफ्ना बन्न खोज्छन् । संसदीय अभ्यासको ऐनामा वास्तविक अनुहार देखिँदैन । त्यहाँ विरोधीहरु पनि आफ्नै हुन कि भन्ने भान पर्छ । कतिपय अवस्थामा तासका महलमा चढाइदिन्छन् विपक्षीहरुले । हेक्का नै नपाई महलको झ्यालबाट चियाउँदा आफू सर्वेसर्वा भएको, शक्तिशाली भएको लाग्छ् । तर विपक्षीहरु चालाक छन् । हजारौं वर्षदेखिको शासक संस्कृतिले पोषित उनीहरुले एकाएक तासको महल भत्काइदिन्छन् । भ्रमको ऐना चकनाचुर हुन्छ । त्यो बेला बल्ल वास्तविकता बोध हुन्छ । आफ्नाहरु खोजिन्छ, तर आफ्नाहरु कतै हराईसकेका हुन्छन् । बाँकीहरु पनि विकृत बनिसकेका हुन्छन् । त्यसैले बन्दुक बोकेर क्रान्तिकारीताको रक्षा गर्नु भन्दा कैयन् गुणा जटिल संसदीय सत्ताको खेलमा राजनीति गर्दा आफूलाई जोगाउँदा हुने गर्दछ ।
माओवादीका हकमा यही भयो ।

यो बाबुरामको मात्रै पतन कदापी होइन, यो समग्र क्रान्तिकारी आन्दोलनमा माओवादीले चालेको गलत अभ्यासले सिर्जना गरेको ठूलो धक्का हो । व्यक्तिमा बाबुराम होलान् तर क्रान्ति सम्भव छ, संसदीय बाटो तत्कालका लागि हो, क्रान्तिकारी संस्कृति जीवित हुनैपर्दछ र जनपक्षिय राजनीतिबाट नेपाली समाजलाई जनवादी, समाजवादी समाजमा रुपान्तरण गर्न सकिन्छ भन्ने दृढता कमजोर हुँदै गएको छ । क्रान्तिप्रतिको आस्था मर्दै गएको छ ।

संसदीय अभ्यासले निम्त्याएको विकृतिलाई पार्टीले सम्बोधन गर्न नसक्दा, विरोधी, अस्तित्वमा रही आएको सत्ताका तत्वहरुको खेलमा उनीहरु यसरी फँसे कि बाबुराम भट्टराई जस्तो क्रान्तिकारी अर्थशास्त्रका कुरा गर्ने व्यक्ति, माओ विचारधारा भन्दा वादको वकालत गर्दै निरन्तर क्रान्तिको वकालत गर्ने नेता, जनयुद्ध नै नेपाली क्रान्तिको एकमात्र बाटो हो भन्दै भूमिगत हुने मान्छे आज समग्र माक्र्सवाद नै असान्दर्भिक भएको र त्यो द्वन्द्ववादका तीन नियममा मात्रै सीमित रहेको निष्कर्श निकाल्न पुगे । नेपाली समाजको वर्ग चरित्रको ब्याख्या गर्ने बाबुराम नै आज वर्ग समन्वयको चरम बुर्जुवा गैर क्रान्तिकारी, दक्षिणपन्थी राजनीतिको अभियान लिएर अघि बढ्न पुगे । यो बाबुरामको मात्रै पतन कदापी होइन, यो समग्र क्रान्तिकारी आन्दोलनमा माओवादीले चालेको गलत अभ्यासले सिर्जना गरेको ठूलो धक्का हो । व्यक्तिमा बाबुराम होलान् तर क्रान्ति सम्भव छ, संसदीय बाटो तत्कालका लागि हो, क्रान्तिकारी संस्कृति जीवित हुनैपर्दछ र जनपक्षिय राजनीतिबाट नेपाली समाजलाई जनवादी, समाजवादी समाजमा रुपान्तरण गर्न सकिन्छ भन्ने दृढता कमजोर हुँदै गएको छ । क्रान्तिप्रतिको आस्था मर्दै गएको छ ।

समग्र क्रान्तिकारी आन्दोलनको यो धक्काबीच दुईवटा ठूला परिघटनाहरु अहिले जन्मिन खोजेका छन् । एक, बाबुराम भट्टराईले विश्वका मजदूर किसानहरुका दुश्मनहरुले भनेजस्तो, पूर्वी यूरोपमा समाजवादी सत्ता ढल्दा बुर्जुवाहरुले आलोचना गरेजस्तो माक्र्सवादमाथि प्रहार गरेका छन् । नेपाली समाजको वर्ग चरित्र, शोषणमुलक उत्पादनसम्बन्धका बारेमा भ्रमपूर्ण विचार अघि सारेका छन् । शोषण, दमन, अन्याय, उत्पीडिनको बुर्जुवा समाधान खोजेका छन् । उत्पादन सम्बन्धले सिर्जना हुने असमानताविरुद्ध समन्वयवादी बाटोको वकालत गरेका छन् । समग्र लेनिनवाद, माओ विचार, विश्वभरीका कम्युनिष्ट आन्दोलनहरु, आक्रामक वित्तिय पूँजिवादविरुद्ध विश्वका जनताको संघर्षको खिल्ली उडाएका छन् । यो एकदमै दुखद परिघटना हो ।

तर्क जे दिइए पनि, उनीसँग जानेहरुले जे जस्तो दावी गरेपनि यो समाजको वर्ग चरित्रलाई नजरअन्दाज गरेर समग्र क्रान्तिकारी माक्र्सवादमाथिको प्रहारबाहेक अरु केही हुन सक्दैन । सत्य के हो भने, परिवर्तनको बाटो, क्रान्तिको कार्यदिशा, माक्र्सवादको भूमण्डीकृत पूँजिवादी युगमा नयाँ ढंगको पुनरावलोकनको बारेमा बहस आवश्यक छ । यसमा दुई मत छैन । तर माक्र्सवाद जे का लागि जन्मियो, जे का लागि क्रान्ति आवश्यक छ, त्यो कुरा पूँजिवादसँग घाँटी जोडेर कदापी प्राप्त गर्न सकिँदैन भन्ने पनि यथार्थ नै हो ।

कम्युनिष्ट आन्दोलनले नै अहिलेसम्मका उपलब्धि हासिल गर्न सफल भएकोमा दुईमत छैन तर यसको प्रवृत्ति र दिशा सुधारवादमा गएर समाप्त हुने किसिमको छ । त्यसैले यो सुधारवादमा ठोक्किने बाटोलाई यही क्रान्तिकारी एकताले समाजवादतर्फ मोड्न सक्छ ।

अर्को परिघटना विगतको गल्तीबाट पाठ सिकेर माओवादीका केही घटकहरु एक हुन गइरहेका छन् । एमाओवादीले बाबुराम प्रकरणबाट ठूलो पाठ सिकेर नै होला, अहिले उसले क्रान्तिकारी कम्युनिष्टको ध्रवीकरणको कुरा अगाडि सारेको छ । मोहन वैद्य, मणि थापा, मातृका यादवलगायतका नेतृत्वमा रहेका, हिजोको रामसिंह श्रीस, परिथापाले नेतृत्व गरेको एकीकृतसहितको वैद्य माओवादी अहिले एकताको प्रक्रियामा अघि बढेको छ । यो स्वागतयोग्य कुरा हो ।

परिघटनाहरुलाई जोड्दै र विगतबाट पाठ सिक्दै धक्का खाएको कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी ढंगबाट पुनर्गठन गर्न यो अभियानमा मोहनबिक्रमलाई समेत जोड्नु जरुरी छ । समय, वर्ग सम्बन्ध, अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थिति अहिले २०४२ या २०५१ को पक्कै पनि छैन । नयाँ परिवेशले नयाँ कार्यदिशा, नयाँ संगठन र नयाँ रणनीतिको मागगरेको छ । नेपाली समाजको चरित्र हिजोको जस्तो शुद्ध सामन्ती या अर्ध सामन्ती छैन । विश्व बजार अर्थतन्त्र, प्रभावी पूँजिवादका कारण वर्ग संघर्षको शास्त्रीय मान्यतामा परिवर्तनको खाँचो छ । राजनीतिक क्रान्ति अझै पुरा भएको छैन । आर्थिक क्रान्ति र सुधारवादबीचको भ्रम चिर्दै राजनीतिक क्रान्तिकै पूर्णताका लागि माओको ओजपूर्ण विचार स्वीकार्ने सबै पक्षबीच एकता आवश्यक छ । यो कुरा विप्लव माओवादीले पनि आत्मसात गर्नु जरुरी छ ।

अहिले विश्वस्तरमा नै कम्युनिष्ट आन्दोलन रक्षात्मक छ । नेपालमा कम्युनिष्ट आन्दोलन प्रभावी छ तर टिकाउ छैन । कम्युनिष्ट आन्दोलनले नै अहिलेसम्मका उपलब्धि हासिल गर्न सफल भएकोमा दुईमत छैन तर यसको प्रवृत्ति र दिशा सुधारवादमा गएर समाप्त हुने किसिमको छ । त्यसैले यो सुधारवादमा ठोक्किने बाटोलाई यही क्रान्तिकारी एकताले समाजवादतर्फ मोड्न सक्छ । अन्यथा, अहिले बाबुरामले शुरु गरेको प्रवृत्ति खुला या लुप्त अवस्थामा बिस्तारै बढ्दै जानेमा शंका गर्नु पर्दैन । क्रान्तिकारी एकता, क्रान्तिकारी संगठन, क्रान्तिकारी कार्यदिशा, क्रान्तिकारी संस्कृतिको स्थापनामार्फत अघि बढ्न सकिएन भने यसले क्रान्तिप्रतिको मोहभंग अहिलेभन्दा झै बढेर जाने स्पष्ट छ ।

अहिले जो जो एक भइरहेका छन्, तिनीहरुले यो कुरालाई ध्यानमा राखुन्, जो एक भएका छैनन्, उनीहरु एक हुनेतर्फ अघि बढून्, जो बाहिरिएका छन्, तिनीहरुले फेरी एकपल्ट विश्वका उत्पीडित जनताको इतिहास सम्झिउन् । अहिलेलाई यत्ति नै ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}