Home » » कान्तिपुरबाट - आन्दोलनरत चार मधेस केन्द्रित दलका शीर्ष नेताहरुले बनाए गठबन्धन

कान्तिपुरबाट - आन्दोलनरत चार मधेस केन्द्रित दलका शीर्ष नेताहरुले बनाए गठबन्धन

काठमाडाैं, ६ मंसिर -आन्दोलनरत चार मधेस केन्द्रित दलका शीर्ष नेताहरुले संघीय समावेशी मधेसी गठबन्धन निर्माण गरी जारी आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका शरत्‌सिंह भण्डारी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अनिल कुमार झा तथा तराई-मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताबीच गत दुई दिनदेखि जारी बैठकले गठबन्धन निर्माण गर्ने निर्णय गरेको हो ।
गठबन्धन घोषणापछि जारी साझा वक्तव्यमा भनिएको छ, ’विद्यमान मधेस आन्दोलनलाई अझ प्रभावकारी, सशक्त, सहभागितामूलक र निर्णायक बनाउन हामी सँगै रहि, सहकार्य गर्दै संघीय समावेशी मधेस गठबन्धन निर्माण गर्न सहमत भएका हौं।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}