
|
|
आज वि.सं. २०७२ मार्गशीर्ष ०६ गते आइतबार तदनुसार ई. सं. २०१५ नोभेम्बर २२ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ। मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ। विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ। कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ। व्यवसायिक जीवन यथावत रहने छ। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन्। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ। पुराना इष्टमित्र र प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ। सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिनेछ। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन। तर आफूले गरेका परिश्रमको प्रतिफल अरुले नै प्राप्त गर्ने सम्भावना छ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध बनाउने कोसिस गर्नुपर्छ। पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ। नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ। बन्दव्यापारबाट फाइदा हुनेछ। कुनै लाभदायक समाचार सुन्न पाइएला। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा आलस्यले डेरा जमाउने छ। वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो। व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ। छात्रछात्रा रमाइलोमा भुलिने छन्। यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला। सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ। आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रसरङ्गको चाहना पूर्ण हुने योग छ। दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ। बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ। रमाइलो यात्रा हुन सक्छ। मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ। साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ। आर्थिक पक्ष सबल देखिन्छ। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पेसागत वा व्यवसायिक जीवनमा चुनौतीको सामना गर्नुपर्ने छ। आर्थिक समस्याले तनाव उत्पन्न गर्नसक्छ। ज्ञानगुन र पठनपाठनको क्षेत्रमा खासै उपलब्धी लिन सकिंदैन। आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन्। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ। बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ। आजको चिन्तन र विचारले काम गर्नसक्छ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। स्वास्थ्य सबल रहने छ। भोगविलासमा मन जानेछ। आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ। व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ। मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन्। मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ। आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ तर आर्थिक रूपमा तनाव हुनेछ। सहयोगीहरूको साथ पाए पनि गर्न खोजेको काममा सफलता प्राप्त गर्न धौधौ पर्नेछ। पराक्रम र उत्साहमा कमी आउने छैन। कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ। तर प्रतिस्पर्धीले दुःख दिन सक्छन्। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ। आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन्। पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ। मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ। मिठो भोजनको अनुकूलता देखिन्छ। आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रतिष्ठा बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ। नयाँ काममा हात हाल्ने समय छ। बन्दव्यापारबाट राम्रो लाभ लिन सकिने छ। आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

