
|
|
गोलभेडाः
गोलभेडामा लाइकोपेन (गोलभेडालाई रातो बनाउने तत्व) हुन्छ जसको उपभोगले पुरुषको यौन शक्तिलाई सशक्त बनाउछ । पकाएको गोलभेडामा प्राप्त हुने लाइकोपेन र पुरुष उर्वरताबीच धेरै सम्बन्ध रहेका यस अगाडि गरिएका विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेका छन् । गोलभेडा खाँदा वीर्यको गति, क्षमता र समग्र बनौटमा नै सुधार आउने विभिन्न विज्ञरु बताउछन् ।
ओखरः
ओखरमा एक प्रकारको वाक्लो एसिड हुन्छ, जसले पुरुषको वीर्य उत्पदन क्षमतामा अत्यधिक वृद्धि गरिदिन्छ । अमेरिकाको प्रजनन स्वास्थ्य सम्बन्धी एक अध्ययन अनुसार दैनिक २ दशमल ५ औंस अथवा ७५ ग्राम ओखर खाएमा वीर्यको आकार र गतिमा वृद्धि हुन्छ ।
फर्सिको वियाँः
फर्सिको वियाँमा वीर्य उत्पादनमा निकै महत्वपूर्ण भूमिका खेल्ने जिंक नामको तत्व उच्च हुन्छ,। खनिज र भिटामिनका दृष्टिले पनि फर्सीका बीउ निकै लभदायी मानिन्छ । तसथर्, राम्रो पोषणका लागि फर्सिको दानालाई दालको रुपमा प्रयोग गरी यसको झोल खान सकिन्छ ।
दालः
दाल महिला र पुरुष उर्वरता दुबैको लागि महत्वपूर्ण हुन्छ । आफ्नो पोषणबाट न्यून मात्रामा भिटामिन ए र बी प्राप्त गर्ने मानिसको वीर्यको क्रोमोजोम अनियमित हुन्छ । पर्याप्त दालको उपभोगबाट असामान्य र अनियमित क्रोमोजोमको खतराबाट बच्न सकिन्छ । त्यसो त दाल प्रोटिन र फाइबरको ठूलो स्रोत समेत हुन् । .
लसुनः
हामीले तरकारी तथा अचारमा दैनिक प्रयोग गर्ने लसुन आफैमा यौनबद्र्धक हो भन्दा कसैलाई अनौठो लाग्न सक्छ । लसुनमा पाइने एलिसन तत्वले शरिरको रक्त प्रवाहलाई सशक्त त बनाउछ नै यौन क्षमतामा पनि वृद्धि गर्छ । लसुनमा पाइने भिटामिन वी सिक्स र सेलेनियम तत्वले शुक्रकिटलाई स्वस्थ बनाउछ । .
पानीः
वीर्यको मात्रा र गुणस्तर बढाउने एक मात्र साधारण उपाय भनेको स्वच्छ पानी पिउनु पनि हो । वीर्य आफैमा तरलयुक्त भएकोले पनि जति पानीको मात्रा पिइन्छ त्यति नै स्वच्छ र गतिशिल वीर्य उत्पादन हुन्छ । पानीले शरिरका विषाक्त चिजहरुलाई पखालिदिने र स्वच्छ वीर्य उत्पदन गर्ने हुनाले दैनिक कम्तिमा पाँच लिटर पानी पिउन उपयुक्त मानिन्छ । .
पालुंगोको सागः
पालुंगोको सागमा कोषको वृद्धि तथा प्रजनन क्षमताको लागि आवश्यक पर्ने भिटामिन वी पर्याप्त हुने भएकोले यसको उपयोगले पुरुषमा उर्वरता बढाउँछ । . काला चक्लेटः काला चक्लेटहरु एमिनो एसिडको स्रोत हो । कालो चक्लेट खाने मानिसको वीर्यको मात्रा वृद्धि गर्नुका साथै वीर्यको संख्या र गतिमा पनि वृद्धि भएको विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेको छ । .
अण्डाः
अण्डामा भिटामिन इ प्रर्याप्त हुन्छ । भिटामिन ई ले प्रजनन क्षमता वृद्धि गर्नुका साथै पुरुषको शुक्रकिटको क्षमतमा वृद्धि गर्नुका साथै समग्र यौन शक्ति नै तीव्र बनाउछ । अण्डाको यही विशेषताका कारण आफ्नो चाहना दबाउनेहरुले यसको प्रयोग गर्दैनन् । . निलो ऐसेलुः पहाडको वन जंगल तथा पाखा पखेरमा पाइने निलो ऐसेलु यौन उत्तेजक फल बताईन्छ । .
अन्य फलफुलः
नियमित रुपमा स्वच्छ र सन्तुलित फलफुल उपभोग गरेर पनि पुरुषको यौन क्षमता बढाउन सकिन्छ । भिटामिन ए र वी वान युक्त केरा,अनार आप स्ट्रबरीलगायतका मौसमी फलफुलले मानिसलाई स्वस्थ बनाउनका साथै यौन क्षमता पनि तीब्र बनाउँछ ।
-स्वास्थ्य खबरपत्रिका

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

