Home » » बाबुराम भट्टराइ भारतीय राजदूत रे’बीच सांग्रिला होटलमा गोप्य भेटः सरकार गिराउने छलफल

बाबुराम भट्टराइ भारतीय राजदूत रे’बीच सांग्रिला होटलमा गोप्य भेटः सरकार गिराउने छलफल

कुविक एनपी न्युज
काठमाडौं : केही समयअघि एमाओवादी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नगरिक अगुवा र भारतीय राजदुत रंजित रे बिच बुधबार गोप्य भेटवार्ता भएको छ । काठमाडौंको संग्रिला होटलमा दिउसोको ११ वजेदेखि २ बजेसम्म चलेको भेटवार्तामा नागरिक अगुवा पद्यमरत्न तुलाधर, सुन्दरमणी दिक्षित, दमननाथ ढुंगाना, डा.भगवान कोईराला, पूर्व राजदूत विजयकान्त कर्ण र अधिवक्ता दीपेन्द्र कर्ण सहभागी भएको उच्च स्रोतले बतायो ।


भेटवार्ताको आयोजना राजदूत रे ले गरेका थिए भने भेटवार्ताका लागी भट्टराईले नाम छनौट गरेका थिए । भेटवार्ताको क्रममा भारतीय नाकाबन्दी, मधेस आन्दोलन र सरकारका बारेमा समेत छलफल भएको स्रोत बताउँछ ।

भेटमा नेपाल र भारतबिचको असहज स्थितिलाई सहज बनाउनका लागी भूमिका खेलिदिन रे ले आग्रह गर्नुको साथै मधेस आन्दोलनलाई निष्कर्षमा पुर्याउने गरी अरु क्षेत्रहरुमा समेत आन्दोलन गर्न उक्साएका थिए ।

भेटवार्ताको बारेमा भट्टराईको नीजि सचिवालयलाई बुझ्दा भेट नभएको बताए पनि सांग्रिला होटलस्रोेतका अनुसार भट्टराई पनि भेटमा सहभागी थिए ।

भेटबारे नागरिक अगुवा पद्यमरत्न तुलाधरले स्विकार गरेपनि कोको सहभागी थिए भने भनेनन् । भेटका क्रममा अहिलेको ओली सरकार गिराउनेसम्मको छलफल चलेको स्रोतले बतायो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}