Home » » पोखरामा महिलाहरुले यसरी पूरा गर्न थाले यौन सन्तुष्टि ....पुरा पद्नुहोस

पोखरामा महिलाहरुले यसरी पूरा गर्न थाले यौन सन्तुष्टि ....पुरा पद्नुहोस

पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् । आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।पोखरामा यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री सेक्सटोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।


कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए । पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् । नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् ।
काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए । सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको सेक्स त हुदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौन चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।स्रोत दैनिक नेपाल .कम

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}