Home » » नयाँ शक्ति भन्दै होटलमा कार्यक्रम गर्ने पैसा बाबुरामलाई कहाँबाट आउँछ ?

नयाँ शक्ति भन्दै होटलमा कार्यक्रम गर्ने पैसा बाबुरामलाई कहाँबाट आउँछ ?

अर्जुन पोख्रेल/उज्यालो
काठमाडौं, मंसिर ५ - नयाँ शक्तिको निमार्णको विषयमा भैरहको विकासबारे जानकारी दिन नयाँ बानेश्वरमा भएको कार्यक्रममा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले खुलेरै कुरा राख्नुभयो ।
अन्तर्क्रिया शैलीमा भएको कार्यक्रमा पत्रकारले नयाँ शक्तिको आय ब्यय र यसको औचित्यका बारेमा प्रश्न सोधे ।
‘देश यस्तो संकटमा परेका बेला नयाँ शक्तिको बहस गर्दै हिँडेको सुहाएन र भारतको नाकाबन्दीलाई मलजल गरेको जस्तो भएन र ?’ एउटा प्रश्न सोधियो ।


तत्कालै भट्टराईले उदाहरण दिनुभयो ‘मानौं छिमेकीमा झगडा परेको बेला तपाँइको घरमा बच्चा जन्मियो भने त्यसलाइ छिमेकीको बच्चा हो, र छिमेकीले लालनपालन गर्छ भन्ने त ? जसरी एउटा प्रक्रिया पुरा गरेर बच्चा जन्मन्छ त्यसैगरी नयाँ शक्ति पनि एउटा प्रक्रिया पुरा गरेर गठन हुँदैछ ।’
आफ्नो नयाँ शक्तिलाई पनि भारतपरस्त भनेर प्रचार गर्न खोजिएकोमा भट्टराईको आक्रोस थियो । संविधानसभाबाट संविधान जारी हुनेवित्तिकै डेढ महिना पहिले नै नयाँ शक्ति जन्मने भनेर आफूले घोषणा गरेको उहाँको प्रष्ट पार्नुभयो । तराईको समस्या भारतको नाकाबन्दी र नयाँ शक्ति गठनको तयारी हुनु संयोग मात्र भएको भट्टराईको भनाई छ ।
‘होटलमा कार्यक्रम गर्ने पैसा कहाँबाट आउँछ त ?’ पत्रकारले अर्को प्रश्न गरे ।
भट्टराईले भन्नुभयो ‘नयाँ शक्ति गठनका लागि भैरहको यस्ता कार्यक्रमको खर्चका लागि मैंले चिनेजानेका साथीहरुबाट सहयोग मागेको छु । तर ठुलो र अपारदर्शी सहयोग लिइन्न ।’
भारत परस्त भन्ने आरोप लागेको बिषयमा भट्टराईले भन्नुभयो ‘देशभक्ति र राष्ट्रबादी कुरा फरक हो कसैलाई उचाल्न उग्र कुरा गर्ने र अरुको विरोध मात्र गर्नु राष्ट्रबाद होइन, देशको हित हेरेर माया गर्ने मात्र देश भक्ति भएको भन्दै भट्टराईले भन्नुभयो ‘ हामी देशभक्ति हौं राष्ट्रबादी होइनौ ।’
कार्यक्रममा भट्टराईलाई टेलिभिजनका अर्का पत्रकारले सोधे ‘जनयुद्ध सुरु गर्दा तपाँइहरुले पुरनो संरचना नभत्काइ नयाँ संरचना निमार्ण हुन्न भनेर सुरु गर्नुभयो, के तपाँइको नयाँ शक्तिले पनि अहिलेको संरचना भत्काएर नयाँ बनाउने हो ? यदि भत्काउनुभयो भने कसरी बनाउनहुन्छ ?’
‘हामीले अहिले भत्काउने कुरा गरेका छैनौ देशलाई माया गर्ने सबैजना जम्मा पारेर नयाँ शक्ति बनाउने हो । आजसम्मका पार्टीले कार्यकर्ता परिचालन गरेर अरुको कमाइमा आश्रित भए तर हाम्रो नयाँ शक्तिले भने कार्यकर्ता देखि नेतासम्म परिचालन गरेर आर्थिक क्रान्ति गर्नेछ’ भट्टराइले जवाफ दिनुभयो ‘अहिलेसम्मका हामीले २४ घण्टा कार्यकर्तालाई खटाएर युद्ध, लडाँइमा लगायौं युद्धमुखी ढाँचा रह्यो तर अब हामीले विकासमुखी राजनीति गर्ने भएकाले फौजी संरचना भन्दा पनि उत्पादन र श्रमसँग जोडिएका काम गर्छौ ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}