
|
|
काठमाडौं—भारतको नाकाबन्दी र तराइमा भइरहेको आन्दोलनका कारण नेपाली बालबालिकामा परेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले आगामी शुक्रबार बालबालिकाले चक्रपथमा मानव साङ्लो बनाई प्रर्दशन गर्ने भएका छन्।
'बाँच्न र पढ्न देऊ' भन्ने मुख्य नाराका साथ शुक्रबार बिहान ११ बजे कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो तयार गर्ने छन्। करिब ५ लाख विद्यार्थीले सो मानव साङ्लोमा सहभागिता जनाउने अपेक्षा आयोजकले गरेका छन्।
शिक्षण संस्थाको छाता सङ्गठन (अपिन) तथा संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयोजित पत्रकार सम्मेलनमा एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले उक्त कार्यक्रममा कुनै प्रकारका कोणसभा या नाराबाजी नगरिने जानकारी दिए।
साङ्लो प्रदर्शनमा सहभागी हुँदा राष्ट्रिय झन्डा र नाकाबन्दी तथा बालबालिकाको हकअधिकार लेखिएको प्ले कार्ड, ब्यानर हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्था अपिनमा आबद्ध छन् । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

