
|
|
'राजेश हमालको प्रेमिका बन्न मन छ'
चलचित्र ‘सुनपानी, दुश्मनी’ लगायतका केही चलचित्रमा काम गरेकी कलाकार हुन् आशा भुषाल । केही म्यूजिक भिडियो र केही भोजपुरी चलचित्रमा पनि आशालाई दर्शकले हेरेका छन् ।
अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै आशाले आफूलाई लामो समयसम्म चलचित्र क्षेत्रमा लाग्ने सोच भएको बताइन् । उनले आफूमा लगनशिलता भएका कारण पनि यो क्षेत्रमा लामो समयसम्म अगाडि जाने बताइन् ।
आशासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्
नायिका हुनका लागि अभियन, नृत्य, शिक्षा हुन जरुरी भएको भन्दै उनले आफूमा यी सबै गुण भएको बताइन् । भोजपुरी र नेपाली चलचित्रमा आफू अडिशनबाट नै छानिएको भन्दै आशाले नायक राजेश हमालसँग काम गर्न मन लागेको खुलाइन् । राजेशसँग छोरी बन्ने कि श्रीमती भन्ने प्रश्नमा उनले प्रेमिका भन्ने जवाफ दिइन् ।
बलिउड नायिका कट्रिना कैफ मन पराउने आशाले नेपाली नायिका करिश्मा मानन्धर मनपर्ने बताइन् । चलचित्रको कथा भित्र आफू भिज्न सक्ने भएकाले कुनै निर्माताले आफूमाथि लगानी गर्दा खेर नजाने दाबी उनको छ ।
तपाई जस्तो बोल्ड यूवती ‘सुनपानी’ जस्तो सामाजिक कथाको चलचित्रमा देखिनु भयो नि भन्ने प्रश्नमा उनले आफू बोल्ड हुन तयार रहेको बताइन् । यदि, आफूलाई चलचित्रको कथावस्तु मन परेको खण्डमा बोल्ड हुन कुनै आपत्ती

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |
