
|
|
मधेस समस्या हल गरिए अखण्डवालालाई उचालेर समस्या खडा गर्ने भारतकाे तयारी
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा सरकार संचालन संयन्त्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो हप्ता आफ्नो आन्तरिक मामला सल्ट्याउन अहोरात्र मेहनत गरिरहेका छन् ।
प्रचण्डले मधेस आन्दोलनको सम्बोधन र नाकाबन्दी खुल्ला गराउन प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेताहरु, कांग्रेस शीर्ष नेताहरु, मधेसवादी दल लगायतका सरोकार सबै पक्षसँग आन्तरिक छलफल चलाए । मुख्यतः प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनाएर अघिल्लो हप्तामात्रै मधेस आन्दोलनलाई सम्बोधन गर्न सिमाकंनमा केही विकल्पसहितका प्रस्ताव समेत ल्याए । उनले ल्याएको प्रस्तावमा पश्चिमका २ जिल्ला र पूर्वका २ जिल्लालाई विवादित जिल्लाका रुपमा राख्दै पश्चिमका बाँके र कैलालीसमेत राखेर थारु मागको सम्बोधन र पूर्वका सुनसरीको तल्लो भूगोल मधेसपट्टी राखेर उपल्लो भूगोल टुक्र्याउने प्रस्ताव थियो । मधेसवादी दल प्रचण्डको उक्त प्रस्तावप्रति सकारात्मक थिए । तर, नेपाली कांग्रेस र एमालेकै केही नेता उक्त प्रस्ताव मान्न तयार नभएपछि छलफल अघि बढेन ।
मंगलबार मात्रै पनि प्रचण्डले मधेसवादी नेता महन्थ ठाकुर, उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण लगायतकासँग गम्भीर छलफल गरी देश बर्बाद हुनबाट जोगाउन अपीलसहित प्याकेजमा सामाधान खोज्ने गर्ने निष्कर्षमा मधेसी नेताहरुलाई सहमत गराएका छन् । तर प्रचण्डको यो योजना पनि तुहाउने खेलमा भारतीय पक्ष रहेको खबरडबलीलाई भारतीय दूतावास स्रोतले बतायो ।
स्रोतका अनुसार भारतीय सरोकार मधेसी मुद्दामा भन्दा पनि संविधान संशोधन गराएर नेपाललाई हिन्दू राष्ट्र बनाउनेमा केन्द्रित छ । भारतीय पक्षको यस्तो कुटील उद्देश्य पूरा नभएसम्म उ सामाधान हुन दिने पक्षमा छैन । पछिल्लोपटक मधेस आन्दोलनलाई समाधान गर्न प्रधानमन्त्री ओली पनि सकारात्मक छन् तर एमालेकै केही नेता र कांग्रेस समस्या समाधानमा वाधक बन्ने देखिन्छ ।
स्रोत भन्छ– ‘मधेसवादी दल प्रचण्डको प्रस्तावमा सहमत भएपनि कांग्रेस र पूर्वी जिल्लाका स्थानीय उचालेर उक्त प्रस्ताव पारित हुन नदिने योजना भारतीय दूतावास अहिले लागिरहेको छ । भारतीय सरोकार हिन्दु राष्ट्रसँग हो । त्यो नहोउन्जेल उसले मधेस हल गरिए अखण्डवालालाई उचाल्ने छ र अर्को समस्या खडा गर्नेछ ।’
भारतीय पक्षको यस्तो षड्यन्त्र रहेको बुझेका प्रचण्ड र ओलीबीचमा मधेस समस्या राजनीतिक रुपमा सम्बोधन गर्ने र अझै नमाने या नटेरे सेना परिचालन गरेर भएपनि राजमार्गहरु संचालन गर्ने योजनामा एमाले कांग्रेसकै केही नेताहरु वाधक रहेकाले यो योजना पनि सफल हुनेमा भने उनीहरु आफैं विश्वस्त हुन सकिरहेका छैनन् ।
तर पछिल्लोपटक सकेसम्म राजनीतिक रुपमा समस्या सामाधान गर्ने र नसके सरकारका तर्फबाट एकतर्फी सम्बोधन गर्ने र सुरक्षाकर्मी परिचालन गरेर भएपनि नाका खुल्ला गर्ने योजनामा प्रधानमन्त्री ओलीले मनस्थिति बनाएको बताइन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

