Home » » राजेन्द्र महतोले चोरेर नागरिकता लिएको खुलासा, राज्यविरुद्धको मुद्दामा जेल हाल्न माग

राजेन्द्र महतोले चोरेर नागरिकता लिएको खुलासा, राज्यविरुद्धको मुद्दामा जेल हाल्न माग

काठमाडौं, ९ मंसिर । मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ । संसद भवनमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसद गौरी ओलीले यस्तो खुलासा गरेकी हुन् । ओली मधेसकै सांसद हुन् । 


सत्तारुढ दल नेकपा एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाएर कारवाही गर्न गृहमन्त्रीसँग माग गरेकी छिन् । उनले भनिन्- गृहमन्त्री ज्यू यहाँ महतोजस्ता चोरेर नागरिकता लिएका नेता आन्दोलन गरिरहेका छन् । तिनीहरुलाई कहिले कारवाही हुन्छ ? राज्यविरुद्धको मुद्दा लगाएर चाँडो भन्दा चाँडो जेल हाल्नुस् । बैठकमा गृहमन्त्री शक्ति बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेला बेला नागरिकताका कारण विवादमा आउने गर्छन् । उनीमाथि यसअघि पनि किर्तेगरी नागरिकता बनाएको आरोप लाग्दै आएको थियो । बैठकमा सांसद ओलीले मधेसी मोर्चाले सीमांकन परिवर्तन गर्न राखेको माग कहिल्यै पुरा नहुने ठोकुवा गरिन् । उनले भनिन्– ‘सीमाकंनको विषयमा मधेसी मोर्चाले जसरी माग उठाएको छ । त्यसमा सीमाकंनको ‘स’ पनि परिवर्तन हुन्न् ।’ भारतमा मासुभात खाने, दशगजामा बसेर अवरोध गर्ने, नपाली जनतालाई दुःख दिने, मधेसीका नाममा राजनीति गर्ने यो आन्दोलन होइन् । यो नेपाली जनतालाई दुःख दिने काम मात्रै भएको उनको भनाई आज दैनिक नेपालले समाचार छापेको छ |

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}