
|
|
काठमाडौं । भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन्, सन्नी लियोनी । भारतमा अहिले उनको ठूलो ‘चार्म’ छ । सन् २०१४ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए ।
तर, उनी सानी छँदा पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन् । ‘सानी छँदा मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’ किशोरवयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् ।
सन् २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ र ?’
साथीकोप्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् । कुरो ठिकै होजस्तो लाग्यो । मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् ।
मोडलिङ सुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’ले फोटोसुटका लागि प्रस्ताव गर्यो । उनले भड्किलो पोजमा तस्बिरहरू खिचाइन् । त्यसपछि उनलाई नग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशस् स्वीकार्दै गइन् । म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाइ पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन् ।
सन् २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि अनुबन्धन हुन सन्नीसमक्ष प्रस्ताव गर्यो । विभिन्न म्यागजिनका लागि नग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पोर्न इन्डस्ट्रीमा प्रवेश गर्न कुनै संकोच भएन । त्यसपछि उनी ‘भिभिड इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने पोर्न फिल्महरूमा धमाधम देखा पर्न थालिन् ।
नयाँ पत्रिका दैनिकबाट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

