
|
|
काठमाडौं, ४ मंसिर । भारतमा आतंकवादी हमला भएको छ ।हमलामा परी पाँच जना घाइते भएका छन् । भारतको दक्षिण कश्मीरमा शुक्रबार आतंकवादी हमला भएको हो ।
पुलवामा जिल्लाको श्रीनगर–जम्मू राष्ट्रिय राजमार्गमा सुरक्षा बलमाथि उग्रवादिहरुले ग्रेनेड फालेर हमला गरेका हुन् । जसमा सीआरपीएफका दुई जवानसहित पाँच लोग घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार केही अज्ञात व्यक्तिहरुले राष्ट्रीय राजमार्ग द्रांगबलमा सीआरपीएफको एक दलमाथि ग्रेनेडले हमला गरेको थियो ।
घाइतेको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि भारतीय प्रहरीले आतंकवादी हमला गर्ने उग्रवादीहरुको खोजी गरिरहेको छ । हमलापछि पलुवा जिल्लाका यातायात र बजारहरु बन्द भएका छन् ।यसअघि श्रीनगरकै कुपवाडामा पनि आतंकवादीहरुले घुसपैठको प्रयास गरेका थिए । जहाँ भारतीय सेनाका कर्नेल सन्तोष महादिक मारिएका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

