Home » » कुवेतमा घरेलु कामदारहरु नेपाली महिला फोहोर फाल्न सडकमा निस्किँदा पनि घर मालिकका छोराछोरी पछि लाग्ने

कुवेतमा घरेलु कामदारहरु नेपाली महिला फोहोर फाल्न सडकमा निस्किँदा पनि घर मालिकका छोराछोरी पछि लाग्ने

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन छिचोलेर जहाजतिर जाने वेटिङ रुममा भेटिनुभयो काभ्रेपलाञ्चोकको गोकुले–४ की ३० वर्षकी सुनमाया मोक्तान । कुवेतमा दुई वर्ष घरेलु काम गरेपछि उहाँ दुवई हुँदै नेपाल फर्कदै हुनुहुन्थ्यो । सुनमायाको विदेश यात्राको कथा धेरै लामो छैन । श्रीमान् छउन्जेल विदेश जानुपर्ने बाध्यता थिएन । पाँच वर्षअघि उहाँको श्रीमान् स्वर्गे भएपछि एक छोरा र तीन छोरीको लालनपानको खर्च बढ्न थालेकोले सुनमायालाई विदेश जानुपर्ने बाध्यता भयो ।kubetmayuan८५ वर्ष नाघेका बाआमाको हातमा सन्तान सुम्पिएर दुई वर्षअघि सुनमाया दलालको हात समाएर खाडी देश कुवेत पुग्नुभयो । कुवेतको बसाईं उहाँलाई खासै फापेन । फोहोर फाल्न सडकमा निस्किँदा पनि घर मालिकका छोराछोरी पछि लाग्थे ।

‘मेरो त यी यत्ति हो, अरबीले अरु केहि ल्याउन दिएन ।’ प्राइसट्याग पनि नझिकेको झोलामा नेपालबाटै लिएर आएका दुईचार जोर फेरफारे कपडा पोको पारेर उहाँ नेपाल फर्किदैं हुनुहुन्थ्यो । नेपालबाटै लगेको पुरानो मोवाइल । सिम थिएन । स्क्रिनमा देखिन्थ्यो नेपालमा छोडी आएको छोरीको फोटो ।

‘पाँच घण्टाअघि भनेको, मलाई त घर जान ठिक्क पर भन्यो । पैसा पनि दिएन ।’ तै घरपरिवार र आफ्ना छोराछोरीलाई भेट्न पाउने खुशीले सुनमायाका अनुहार सुनजस्तै चम्किन्थे । अनि, अरुका लगेजमा आँखा ठोक्किँदा सुनमायाको अनुहार निचोरिन्थे । ‘छोराछोरीलाई भनेर नेपाल लैजान ठिक्क पारेको सामान पनि ल्याउन पाइन मैले ।’

अब फेरी कुवेत फर्कने हो त ?
‘अहँ फर्कन्न ।’
कुवेतमा झण्डै ६० हजार जना जति नेपाली कार्यरत छन् । ती मध्ये आधा भन्दा धेरै महिला कामदार छन् । महिला कामदारमध्ये धेरैजसो घरेलु काम गर्छन । घरेलु कामलाई श्रम कानूनले समेट्दैन । उनीहरुले साँझ बिहान नभनी काम गर्नुपर्छ । तलब सुविधा तोकिएको हुँदैन ।

एक दुई दयालु घर मालिक बाहेक अरुले समयमै तलब दिँदैनन । चाहेको बेला घर बाहिर निस्किन मिल्दैन । कतिपय नेपाली घरेलु कामदार त मालिक र तीनका छोराहरुबाटै यौन शोषणमा परेको समाचार पनि आइरहन्छन । कति चाहिँ सुनमाया जस्तै खाली हात नेपाल फर्कन्छन । 
Source : उज्यालो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}