Home » » डोटीका नारायण बोहोराले भाउजुलाई ललाई फकाई भारतमा बेच्न खोज्दा

डोटीका नारायण बोहोराले भाउजुलाई ललाई फकाई भारतमा बेच्न खोज्दा

भाउजु नाता पर्ने एक महिलालाई वेचविखन गर्न खोजेको अभियोगमा डोटीको लक्ष्मीनगर ४ का निर्मल भनेर चिनिने नारायण बोहराविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा शुक्रबार उजुरी परेको छ ।

बोहराले आफूलाई भारतमा बेच्न खोजेको आरोप लगाउदै एक महिला (नाम गोप्य राखिएको)ले प्रहरीमा मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन अनुसार मुद्दा दर्ता गराएकी हुन् ।

घटना गत वर्षको भए पनि आरोपित फरार रहेको र यस वर्षको तिहारमा घर आएको मौका पारी पीडितले प्रहरीलाई जानकारी गराएका आधारमा ईलाका प्रहरी कार्यालय जोरायलले बोहरालाई पक्राउ पनि गरेको छ ।

प्रहरीका अनुसार गएको बर्ष २०७१ श्रावण २ गते माईती घर जाँदै महिलालाई बिच बाटोमै बेहोश हुने औषधी खुवाएर भारतको नोयडा पुर्‍याएको उजुरीमा उल्लेख छ ।

ती महिला माईती घरमा नपुगेपछि खोजबिनका लागि प्रहरी, माईती नेपाल कञ्चनपुर, र माईती भारत नामक संस्थालाई फोटो, हुलियासहित जानकारी गराउँदा उनीहरुको सहयोगमा पीडित महिलालाई झण्डै डेढ महिनापछि २०७१ भदौ १८ मा नेपाल ल्याईएको महिलाको पारिवारिक श्रोतले जनाएको छ ।

घटनापश्चात बोहराले फोनमार्फत बेला–बेलामा विभिन्न धाकधम्की समेत दिँदै आएको र अहिले आरोपित बोहराका घरपरिवारले पैसा दिएर मिलाईदिने आग्रह गरिरहेको पीडित महिलाका आफन्तले बताएका छन् ।

आरोपीलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम कारवाहीको माग गरिएको छ । बोहराविरुद्ध मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर चन्द

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}