Home » » राजेन्द्र महतो भन्छन्, भारतमा भात खाएर नेपालमा ढुंगा हानेका हौं

राजेन्द्र महतो भन्छन्, भारतमा भात खाएर नेपालमा ढुंगा हानेका हौं

काठमाडाैं । पटकपटक विवादित अभिव्यक्ति दिएर चर्चामा आइरहने सद्भावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले पुनः विवादित अभिव्यक्ति दिएका छन् । मधेस आन्दोलनका क्रममा भारतमा खाना खाने र उतैबाट नेपालमा नाकाबन्दी गरेको, ढुंगा हानेको स्वीकार गरेका छन् । आजको कान्तिपुर दैनिकको अन्तर्वार्तामा उनले यस्तो भनेका छन्


अब यो आन्दोलन कहाँ गएर टुंगिन्छ ?
अधिकार पाएर टुङ्गिन्छ । संशोधन गरेर संविधान कार्यान्वयन गर्नुपर्छ ।
मोर्चाको आन्दोलनमा भारतको समर्थन छ ?
आन्दोलनमा सारा दुनियाँको समर्थन छ ।
त्यो दुनियाँमा भारत पनि पर्छ ?
हाहा।।।परिहाल्छ नि भारत त झन् छिमेकी पनि हो । शान्तिपूर्ण आन्दोलन विरुद्ध कोही छैन । अधिकार पाउनुपर्छ भनेर त सबैले भनेका छन् ।
तपाईलाई व्यक्तिगत रूपमा भारतसँग जोडिएर अलि बढी हेरिन्छ, किन होला ?
म यहाँ नाकामा बसिराको छु । उतै खाना खाइरहेको छु, त्यही भएर होला ।

किन, यतै खाना खाने अवस्था छैन र ?
हैन, उतै सजिलो छ । यता प्रहरीले दमन गर्छ । उता नाकाबाट नजिक पनि पर्छ । उता प्रहरी जान सक्दैन ।
उताको खाना खाएर, उताबाट ढुंगा हानेर यताको आन्दोलन सफल हुन्छ र ?
एकदम हुन्छ । ढुंगा त हामीले हानेको हो नि । दसगजामा बसेर हामीले हानेको हो ।
त्यो त कूटनीतिक संहिताले नदिने कुरा होइन ?
हैन, मिल्छ । हाम्रो त भिसा लाग्दैन नि ।
तपाईलाई लाग्दैन, यस्ता गतिविधिले मधेस आन्दोलनप्रति अरू समुदायको समेत समर्थन घट्दैन ?
हैन, घट्नु हुँदैन । यसमा सबैको सहयोग चाहिन्छ । हामी मात्र हैन, विगतमा कांग्रेस, एमाले, माओवादीका नेताले पनि भारतमा बसेर नेपालका लागि आन्दोलन गरेका छन् । हामी किन बस्न नपाउने ?
सीमानाकामा धर्ना कस्नुको साटो बरु राजधानी, सिंहदरबार अगाडि कसे भइहाल्यो नि ?
हाम्रो त्यहाँ बस्ने शक्ति पुग्दैन । हामी त मधेसका शक्ति हौं । हिमाल र पहाडका दाजुभाइदिदीबहिनीलाई आन्दोलनलाई साथ दिएर सरकारमाथि दबाब दिन आग्रह गर्छु । यसबाट सबैको पीडा कम हुन्छ ।
अब समाधान कसरी हुन्छ त ?
कांग्रेस, एमाले, एमाओवादी संविधान बनाउने दलले सीमांकन लगायत ११ बुँदे माग प्याकेजमा धारणा, रोडम्याप ल्याउनुपर्छ । अनि त्यसपछि बुँदागत कुरा हुन्छ । सीमांकन लगायतका मुद्दामा हाम्रो त प्रस्टै छ नि ।
वार्ताको माहोल अब कसरी बन्छ ?
सरकार सुरक्षाफौज लगाएर दमन गर्न अगाडि बढेको छ । यसरी वार्ता हुँदैन । वार्ताको लागि वातावरण बनाउने काम सरकार र ठूला दलको हो । उनीहरू बनाएर देखाउन् ।
हामी वार्ता विरोधी होइनौं । हामी त हरेक पटकका वार्तामा गएकै छौं ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}