Home » » अमिर खान भन्छन्, ‘देशको असहिष्णु व्यवहारले घरमा देश छोड्ने सल्लाह भयो’

अमिर खान भन्छन्, ‘देशको असहिष्णु व्यवहारले घरमा देश छोड्ने सल्लाह भयो’

काठमाडौं । बलिउड अभिनेता आमिर खानले भारतमा बढेको असहिष्णुताबारे टिप्पणी गरेपछि विवादमा तानिएका छन् । आमिरले असहनशीलताका घटना बढ्दै गएकाले आफू मात्र नभई घरपरिवार पनि चिन्तित भएको बताएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छआमिरले दिल्लीमा आयोजित रामनाथ गोयनका पत्रकारिता पुरस्कार समारोहमा भने, ‘म घरमा किरणसँग कुरा गर्दा उनले भनिन्के हामीले भारत छोड्नुपर्‍यो क्या  ? यो अत्यन्त दुखद कुरा हो । त्यसपछि उनले अरू कुरा पनि भनिन् । हाम्रा बच्चाको चिन्ताको कुरा गरिन्, आसपासको वातावरणले आफू डराएको बताइन् । उनी हरेक दिन पत्रिका हेर्ने समयमा पनि भयभित हुन्छिन् ।


आमिरले अहिले भारतमा बेचैनी बढिरहेको बताए । यले भने, ‘प्रायस् समाचारले अहिले चिन्ता थपिरहेका छन् । कुनै पनि समाजका लागि सुरक्षा तथा न्यायको भावना हुनुपर्छ । तर, भारतमा अहिले त्यो छैन ।आमिरले त्यही कार्यक्रममा असहनशीलताको मुद्दामा पुरस्कार फिर्ता गर्ने लेखक, कलाकार तथा बुद्धिजीवीको पनि समर्थन गरे । उनले पुरस्कार फिर्ता गर्नु रचनात्मक मानिसको निराशा व्यक्त गर्ने सर्वोत्तम तरिका भएको बताए ।
आमिरका यी अभिव्यक्ति भने विवादमा तानिएका छन् । उनको अभिव्यक्तिको सत्तारुढ दल भारतीय जनता पार्टीले खण्डन गरेको छ । पार्टीका प्रवक्ता साहनवाजले विज्ञप्ति निकालेका छन्, ‘यो अतुल्य भारत हो, यसमा दाग लगाउने काम नगर्नुहोस् ।भाजपाले आमिरको अभिव्यक्तिको विरोध गरेपछि यो विषयले राजनीतिक रङ लिएको छ । भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले आमिरको समर्थन गर्दै भाजपाको विरोधमा सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘मोदी र उनको सरकारमाथि प्रश्न उठाउने सबैले राष्ट्रविरोधीको संज्ञा पाउँछन् । सरकार उनीहरूलाई धम्क्याउँछ, गाली गर्छ । तर, समस्या सुल्झाउँदैन ।
यही विषयमा मंगलबार दिनभर सामाजिक सञ्जाल ट्विटरमा आमिरलाई सल्लाहसुझाब आए । कतिले आलोचना गरे भने कतिले आमिरको समर्थन गर्दै भारतको अवस्था साँच्चिकै असहिष्णु भएको बताए । ट्विटरमा विश्वव्यापी ट्रेन्डमा आमिर शीर्ष स्थानमा पनि पुगे । दिनभर विश्वव्यापी ट्रेन्डमा रहे पनि । बलिउडका अर्का कलाकार अनुपम खेरले पनि आमिरलाई सल्लाहसुझाब दिन भ्याए । अनुपमले ट्विटरमा लेखे, ‘आमिर खान के तपार्इंले किरणसँग सोध्नुभएको छउनी कुन देशमा बस्न चाहन्छिन् । के तपाईंले उनलाई यही देशले आमिर खान बनाएको भन्ने सोध्नुभएन रु

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}