
|
|
- पहिलोपोस्ट-
काठमाडौँ :
कैलालीका राजेन्द्र सापकोटाको फेसबुकको भित्तामा 'साहासिक
काम गरेको' भन्दै थुप्रैले बधाइ दिएका छन्।
सापकोटाले सोमबार
राजधानीको माइतीघर मण्डलामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको कार्यक्रममा फोरम नेपालका
अध्यक्ष उपेन्द्र यादवसँग सवाल जवाफ गरेका थिए। लगत्तै उनलाई प्रहरीले कार्यक्रम स्थलबाट हटाएको थियो।
सोमबार राजधानीको माइतीघर मण्डलामा मधेस आन्दोलनको सय दिन पुगेको अवसरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो। सभामा मधेस केन्द्रित दलका शीर्ष नेताहरु सहभागी थिए। सभामा नेताहरुको भाषण सुनेपछि राजेन्द्रले उपेन्द्र यादवसँग आक्रोश पोखेका थिए।
सोमबार राजधानीको माइतीघर मण्डलामा मधेस आन्दोलनको सय दिन पुगेको अवसरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो। सभामा मधेस केन्द्रित दलका शीर्ष नेताहरु सहभागी थिए। सभामा नेताहरुको भाषण सुनेपछि राजेन्द्रले उपेन्द्र यादवसँग आक्रोश पोखेका थिए।
तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले घटनाको खण्डन गरेको छ। साथै सापकोटाले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको तथा पार्टी अध्यक्षमाथि कुनै आक्रमण नभएको प्रष्ट गरेको छ।
वास्तवमा के गरेका थिए त राजेन्द्रले? पढ्नुस् राजेन्द्रकै शब्दमा -
..................
म हिजो पुतलिसडक अफिसबाट बाहिर निस्किएको थिएँ। माइतिघर मण्डलामा मधेसी दाजुभाइको भिडभाड थियो।
केहीबेर उभिएँ र भाषण सुनेँ। सप्तरीमा दुई जना मान्छे मारिएको रे। सिधासादालाई गोली हानियो रे यस्तै यस्तै थियो। अझ सद्भाव बिथोल्ने खालको भाषण गरे। मलाई असह्य भयो।
अनि म सिधै गएँ उपेन्द्रजीसँग भेटेँ र भनेँ – तपाईँलाई तराईमा २ जना मान्छे मर्दा 'प्रब्लम' भयो, हुनत ती पनि हाम्रै दाजुभाइ नै हुन् तर यहाँ हरेक दिन औषधि नपाएर अस्पतालमा मानिस मरिराखेका छन्, ग्यास नपाएर मानिस भोकभोकै मरिराखेका छन्। देश अस्तव्यस्त छ।
अर्थतन्त्र तल खसिसक्यो। युथहरु फ्रस्ट्रेटेड छन्। तपाईंले गर्न खोज्नुभएको के भनेर सोधेँ। तपाईंहरुको बन्द गर्ने आन्दोलन के हो? ट्वान्टी वान सेन्चुरीमा आन्दोलन चेन्ज गर्नुस्। तपाईंहरुले गर्न खोजेको के? बन्द हड्ताल ब्लकेड त अति भयो, यसले हुँदैन। जनताका लागि तपाईंहरु नेता हो भने – यो त तपाईंहरुले जनतालाई दमन गरिराख्नुभएको छ, घाँटी थिचेर मारिराख्नु भएको छ। प्लिज डु नट डु दिस थिङ्कस्। नगर्नुस्। हामीलाई फ्रस्ट्रेट नगर्नुस् भनेँ।
उहाँले तपाईं केपी ओलीकोमा जानुहोस् भनेर भन्नुभयो। मैले भनेँ – तपाईं पनि जानुस्। ल तपाईं म हामी सबै जना केपी ओलीकोमा जाउँ न त। ल हिड्नुस् भनेर हात समाएँ। म एग्रेसिभ भएँ।
किनभने उहाँले इरेस्पोन्सिबल एन्सर दिनुभयो नि त। अनि मैले एग्रेसिभली भनेँ – तपाईं हामीलाई ग्यास दिनुहोस्, पेट्रोल दिनुहोस्, बन्द तुरुन्त खोल्दिनुस्, हामी जस्तो योङलाई खाडी मुलुकमा कामका लागि धकेल्ने काम नगर्नुस्। रेमिट्यान्सले मात्र त सँधै देश चल्दैन नि! भनेर एग्रेसिभली प्रस्तुत भएँ। अनि भिड अलिक पछाडि फर्कियो।
अनि उपेन्द्रजी कार्यक्रमबाट फुत्त निस्कनुभयो। किनकि त्यहाँ सिचुएसन नै त्यस्तै बन्यो। अनि मलाई पुलिसले अर्कोतिर लिएर गयो। मैले पुलिससँग पनि भने म साधारण योङ केटा हो। म देशका लागि केही बोल्नुपर्छ भन्ने मान्छे हो। मेरा गीतहरु पनि त्यस्तै हुन्छन्।
...............
म वास्तवमा फिल्म कलेजबाट ग्र्याजुएट हुँ। मेरो आफ्नै प्रोडक्सन कम्पनी छ – क्याडेला। मैले भर्खरै भिडियो लन्च गरेको छु - साझा मान्छे भन्ने। मेरो पुर्ख्यौली घर कैलाली हो तर आठ/नौ वर्षदेखि काठमाडौँमा संघर्ष गरिराखेको छु। म राम्रै फ्यामिलीको मान्छे हो। ड्रिङ्स गरेको लतमा लागेको भन्ने कुरा पनि एकदम गलत हो।
मलाई पनि केही दिनदेखि ग्यासको एकदम समस्या थियो। बुटवलबाट भाइसँग ग्यास मगाएँ। बल्ल बल्ल उसले हिजो ग्यास लिएर आयो। त्यस्तो पीडा म सँग छ। धेरै नेपालीको पीडा छ। त्यो आवाज मैले उठाएको हो।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

