
|
|
काठमाडौं । यदि भारतीय सत्ता पक्ष, मधेसी मोर्चा र डा. बाबुराम भट्टराई तथा पद्यरत्न तुलाधर समूहको योजना अनुसार आन्दोलन उठ्यो भने नेपालले अबको केही महिना अझ ठूलो संकट झेल्नुपर्नेछ । रोचक संयोग त के छ भने यो डिजाइनको पछाडि धेरै खाले स्वार्थहरु गाँसिएका छन् ।
यी स्वार्थ पूरा गर्नका लागि नेपालको राजधानी काठमाडौंमा कम्तिमा एक दर्जन मान्छेको ज्यान जानेगरी साम्प्रदायिक हिंसा चर्काउने भित्री खेल भइरहेको स्रोतको दाबी छ । उच्च स्रोतहरुका अनुसार काठमाडौंमा साम्प्रदायिक दंगा नहुन्जेल मधेसी मोर्चासँगको वार्ता सुल्झिने सम्भावना छैन । नेपाल इतिहासमै सबैभन्दा ठूलो संकटपूर्ण क्षणबाट गुज्रिरहेको अवस्थामा अबका दिनहरु झनै चुनौतिपूर्ण रहेको प्रमुख नेताहरुले देखिसकेका छन् ।
तर, जनतामा निराशा र भड्का आउन सक्ने भयले अहिले सबै नेताहरु तै चुप मैं चुपको अवस्थामा छन् । एउटा सत्य कुराचाँहि के हो भने भारतले लगाएको नाकाबन्दी अझै केही महिना हट्नेवाला छैन । मधेसी मोर्चासँगको वार्ता मोर्चाले मागेका सबै माग पूरा गरे पनि अहिले आन्दोलन रोकिनेवाला छैन । किनकी मधेस आन्दोलन नेपाललाई भुटानीकरण गर्ने भारतको अन्तिम प्रयत्न हो । यो प्रयत्न सफल बनाउन प्रमुख तीन दल र तत्कालीन संविधानसभाले सहयोगी भूमिका नखेलेका कारण रुष्ट भएको भारतले सुरुमा मधेसी र पछिल्लो समयमा असन्तुष्ट आदिवासी जनजाति तथा बाबुराम समूहलाई समेत नेपालविरुद्ध प्रयोग गर्न खोजेको छ ।
अहिले भन्नलाई जे भनिए पनि बिजेपी नेतृत्वको सरकारको एकमात्र चाहना नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भन्ने नै हो । यस मामिलामा नेपालका नेताहरुले आफूलाई धोका दिएको नरेन्द्र मोदीले केही ठाउँमा बताइसकेको चर्चा छ । नयाँ दिल्ली जाने नेताहरुर मोदीसँग नेपालमा भेट्ने नेताहरुले संविधानमा हिन्दु राज्य राख्ने आश्वासन दिएको उच्च स्रोतहरुको दाबी छ ।
सिधै हिन्दु राज्यको कुरा गर्दा नेपालमा आफ्नो रणनीति सफल नहुने बुझिसकेको भारतीय सत्ताले चलाखीपूर्वक अब तीनवटा खेल खेल्न लागेको उच्च स्रोतहरुको दाबी छ । मधेस आन्दोलन अझै चर्काउन जति पैसा लगानी गर्नुपरे पनि नछाड्ने, नाकाबनदी अझै कडाई गर्ने र अन्तर्राष्ट्रिय समुदायलाई देखाउन केही नाकाबाट औषधी, प्याज र गोलभेडाका केही गाडी छिर्न दिने तर, इन्धन छिर्न नदिएर हाहाकार बनाउने भन्ने छ ।
तेस्रो रणनीति भनेको काठमाडौंमै मान्छे मार्ने खालको साम्प्रदायिक दंगा मच्चाउने भन्ने रहेको छ । यसका लागि बाबुराम भट्टराईको कथित नयाँ शक्ति, पद्यरत्न तुलाधर आङकाजी शेर्पा प्रवृत्तिका केही जनजाति समूह र अन्य असन्तुष्टहरुलाई ठूलो लगानी गरेर मान्छे उतार्ने र प्रहरीलाई दमन गर्न बाध्य पार्ने रणनीति बनेको सुरक्षा स्रोतहरुको दाबी छ ।
अाजकाे साँघु साप्ताहिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

