Home » » मधेसीको नागरिकता छानविन हुन सक्छ : प्रधानमन्त्री ओली

मधेसीको नागरिकता छानविन हुन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियतालाई सम्झौता गरेर आफूले प्रधानमन्त्री पदमा निरन्तरता नखोज्ने बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–उनले नाकाबन्दीका विषयमा आवश्यक परे अन्तर्राष्ट्रि मञ्चमा पनि कुरा उठाउने बताए ।


पूर्व मुख्य सचिव लीलामणि पौडेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ लगायतका टोलीले भारतीय नाकाबन्दीबाट उत्पन्न संकटको निकासको लागि आइतबार बुझाएको पाँचबुँदे सुझाव ग्रहण गर्दै ओलीले त्यस्तो धारणा व्यक्त गरेका हुन् । ‘नाकाबन्दीका विषयमा आवश्यक परे अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाइनेछ । प्रधानमन्त्री पदकै लागि राष्ट्रियतामा सम्झौता गर्दिन ।’ टोलीका सदस्य साध्यबहादुर भण्डारीले प्रधानमन्त्रीको भनाई उद्यृत गर्दै भने, ‘राष्ट्रियता प्रधानमन्त्रीको पदभन्दा धेरै उच्च कुरा हो ।’
आवश्यक परे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकाल २०६३ सालमा मधेसमा अनियन्त्रित्र रुपमा वितरण गरिएको नागरिकताको विषयमा पनि छानविन गर्न आफू पछि नपर्ने ओलीले बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}