
|
|
वीरगञ्ज । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीगरञ्जमा औषधि बोकेको ट्रकमै आगो लगाइदिएका छन् ।
मोर्चाले विहीबार मात्रै औषधि बाकेको गाडी वीरगञ्ज नाकाबाट ल्याउन छुट दिने निर्णय गरेका थिए । मोर्चाको निर्णय सार्वजनिक भएको ६ घण्टा नबित्दै वीरगञ्ज नाकाबाट औषधि लिएर आउँदै गरेको ना२ख ८२९२ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
ट्रकमा लोड गरिएको झन्डै २० लाख रुपैयाँ बराबरको एन्टिबायोटिक औषधि जलेर नष्ट भएको वीरगञ्ज प्रहरीले जनाएको छ । मोर्चाको बिहीबार अपराह्न औषधि आयात र ढुवानीमा रोक नलगाउने निर्णयपछि व्यवसायीले गोदाममा थन्किएको औषधि राति लोड गरेका थिए ।
औषधि आयातमा रोक नलागाउने मोर्चाको निर्णयपछि ट्रकमा अति आवश्यकीय औषधि लेखिएको ब्यानर समेत झुण्ड्याएर आएको ट्रकमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरी आगो लगाएका हुन । राति करिब १ बजेको समयमा ट्रकमाथि ३ वटा पेटोल बम प्रहार गरेको सोही ट्रकका चालकले जनाएका छन् । वीरगन्ज उपमहानगरपालिका(१४ स्थित गोदाम अगाडि उक्त ट्रक रोकिराखिएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

