
|
|
काठमाडौं । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इन्धनका लागि लाइनमा राखिएको बा १ ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो । प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागदै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् ।
पक्राउ पर्नेमा सन्तोष विक, सुरेश तामाङ र कृष्ण तामाङ छन् । उनीहरु बसका सहचालक हुन् । युवतीसँग एक युवकको चिनजान भएकाले तिनै युवकको सहयोगमा उनीहरुले बसभित्र बोलाएका थिए । सुरुमा ती युवतीले युवसँग सहमतिमै यौनसम्बन्ध राखेकी थिइन् ।
तर, पछि युवकले साथीहरु बोलाएर आफूमाथि जबजस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाई छ । पीडित युवती विवाहित हुन् । उनको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ परेकालाई जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

