
|
|
काठमाडौँ, ९ मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटको विषयमा बिहीबारबाट भारतको तल्लो सभा र राज्यसभामा कुरा उठाउने भएको छ ।
भारतीय राष्ट्रबादी काँग्रेसका महासचिव डीपी त्रिपाठीले बिहीबारबाट भारतमा तल्लो सभा र राज्यसभाको अधिवेशनमा नेपालमा उत्पन्न समस्याको विषयमा विशेष कुरा उठाउने बताए ।
उनले भाकपा (माक्र्सबादी), भाकपा (माले) र जनता दल यूनाईटेड विच नेपालको समस्या समाधानको विषयमा कुरा उठाउने निर्णय नै भईसकेको र काँग्रेस आईसँग सो विषयमा कुराकानी भईरहेको जानकारी गराए । उनले संसदमा नेपालको समस्यालाई जोडदार रुपमा उठाउने बताए ।
त्रिपाठीले नेपालमा जारी अघोषित नाकाबन्दी हटाउन, औषधीको अभावले उपचार गराउन नपाईरहेको समस्या तत्काल अन्त्य गर्न र नेपालमा ईन्धन लगायतका अत्यावश्यकीय बस्तु आपूर्तिमा अवरोध नगर्न भारत सरकारलाई सचेत गराउने बताए ।
नेपालमा परकोको समस्याले आफूहरुलाई पनि चिन्तित बनाएको भन्दै यो विषयमा संसदसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकानी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले नेपालमा बनेको संविधानलाई भारतले स्विकार गर्नुको कुनै कारण नभएको भन्दै भारतले यसलाई स्विकार गर्नु पर्ने बताए ।
उनले नेपालमा जारी भएको संविधान आवश्यकता र परिस्थिति अनुसार संसोधन गर्दै अघि बढ्न सकिने भन्दै भारतसहित संसारमा कतै पनि संसोधन नगरी अगाडि बढ्न नसकेको उदाहारण प्रस्तुत गरे ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

