Home » » पूर्व राष्ट्रपतिको घरमा नाकाबन्दीको असरः दाउरा बालेर पुरी पकाउँछीन यावद पुत्री

पूर्व राष्ट्रपतिको घरमा नाकाबन्दीको असरः दाउरा बालेर पुरी पकाउँछीन यावद पुत्री

काठमाडौँ, १० मंसिर । भारतले गरेको अघोषिकका कारण सृजना भएको इन्धन अभावले पूर्व राष्ट्रपतिको घरलाई पनि निकै प्रभाव पारेको छ ।
ग्याँसको अभावसँगै पूर्व राष्ट्रपति पुत्री अनिता यादवले दाउरा बालेर पुरी पकाउँदै गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा लेखेकि छिन् ‘दाउरा बालेर चुलोमा पुरी पकाउदै । 


हामी पनि सर्ब साधारण नेपाली हौँ । नाकाबंधी ले हामी लाई पनि असर पारेको छ। बाहिर हो–हल्ला होला निवर्तमान राष्ट्रपति को परिवार लाई के को नाकाबंधी ? तर वास्तविकता तस्बिर ले प्रस्ट देखाउछ । आजकल चिरफार नगरी वास्तविकता बाहिर आउदैन र सत्य लुकाएर लुक्दैन र लुकाउन पनि हुदैन । यो हाम्रो मात्र नभएर सम्पूर्ण नेपाली को वास्तविकता हो । बाँस जति जति अग्लो हुन्छ त्यति भुइमा छुन खोज्छ । हामी लाइ नचाहिने कुरा मा बडप्पन र घमण्ड कहिले भएन। मानिस ठुलो कर्मले नै हुन्छ । म मधेसमै जन्मे हुर्के पनि बुवा ले नेपाली संस्कार र संस्कृति सिकाउन कुनै कसर बाँकि राख्नु भएन । हामी नेपाली संग सुधारिएको चुलो त छ त्यस का साथै सुन्दर, सुधारिएको स्वीकारयोग्य विचार भए सुन मा सुगन्ध हुने थियो । माफ गर्नु होला यसपाली पुरी शेयर गर्ने सकिएन (थोरै पकाएको थिएँ खाएर सकियो) तर मेरो विचार मन परे मित्र हरु र परिवार संग शेयर गरि दिए आभारी हुने थिए । तस्विर सहित

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}