Home » » प्रथम राष्ट्रपति रामबरण यादवकी छोरी भन्छिन,‘धोती र टोपी बीचको लडाईंले हामी एकदिन धोती न टोपीको हुन्छौ’

प्रथम राष्ट्रपति रामबरण यादवकी छोरी भन्छिन,‘धोती र टोपी बीचको लडाईंले हामी एकदिन धोती न टोपीको हुन्छौ’

काठमाडौँ, १० मंसिर । संघिय लोकतान्त्रीक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी पुत्री अनिता यादवले पछिल्लो धोती र टोपीको बीचको लडाईंले एक दिन हामी एकदिन धोती न टोपीको हुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा अनिताले लेखेकि छिन्, विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्य रात–दिन काम गर्दे आउदा पनि मलाई भारत जाऊ अनिता यादव भन्ने जमात ठूलो रहेछ । जानिजानि होस् वा अनजानमै होस् मैले नेपालको शिर कहिल्लै झुक्न दिइन । मलाई त एस्तो आरोप आउछ भने अरुलाई के होला । जानिजानी होस् वा अनजानमै होस् मैले नेपालको शीर कहिल्लै झुक्न दिइन । मलाई त एस्तो आरोप आउँछ भने अरुलाई के होला ?’ 


उनले हिमाल, पहाड र तराई सबै नेपालीको भएको भन्दै तराईबासीको मस्तिष्कमा लगाएको घृणा रुपी घाउ निको हुन पुस्तौं पुस्ता लाग्न सक्ने भन्दै चिन्ता व्यक्त समेत गरेकी छिन् । ‘लौ भन्नुहोस म बिशुद्ध नेपाली हुन के गर्न पर्ने हो ?’ अरुलाई गाली गरेर राष्ट्रवादी भइँदैन, उनले भनेकी छिन्,’ ‘धोती र टोपीको बीचको लडाईंले हामी सबै नेपाली एकदिन धोती न टोपीको हुन्छौ । दुख लाग्छ, यो देशमा टोपी लगाउने बिदेसी नेपाली भए तर म जस्तो महिला जसले देश र जनताका लागि दिलो ज्यान अर्पण गर्दे पुस्तौं पुस्तादेखि काम गर्दा पनि नेपाली बन्न सकिएन ।’ म एक समाजसेबी महिला जसले नेपाल मा महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला–पुरुष बिच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्य रात दिन काम गर्दे आउदा पनि मलाई भारत जाऊ अनिता यादव भन्ने जमात ठूलो रहेछ । उनले आफु एउटा पढे लेखेको महिला एथार्थ बुझ्न सक्ने भन्दै यी तिखा शब्द र बोलीको शक्तिले समाजमा हजारौ शत्रुहरू जन्माउने दाबी गरेकी छिन् । ‘अन्धकारले अन्धकार हटाउन सक्दैन । केवल प्रकाशले मात्र सक्छ त्यस्तै घृणाले घृणा हटाउन सक्दैन । केवल प्रेमले मात्र हटाउन सक्छ । आउनुहोस हातमा हात मिलाउ अझ पनि समय छ देश लाइ बचाउने ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}