Home » » संविधान जारी हुनु गल्ती – पूर्वराष्ट्रपति यादव

संविधान जारी हुनु गल्ती – पूर्वराष्ट्रपति यादव

काठमाडौं, पुुस १७ । आफैंले संविधान जारी गरेको साढे तीन महिनापछि पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानसभाभित्र रहेका दललाई बाहिर पठाएर संविधान जारी हुनु गल्ती भएको बताएका छन्।
संविधान घोषणा गर्दा प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले बाहिर रहेका शक्तिलाई समेत साथ लिनुपर्नेमा सभाभित्रैका दललाई समेत बाहिर पठाएर संविधान पारित गर्नु त्रुटि भएको यादवको टिप्पणी थियो।
बीपी विचार राष्ट्रिय समाजले बिहीबार आयोजना गरेको ‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला’ नामक पुस्तक विमोचन कार्यक्रममा यादवले संविधान रोक्ने अवस्थामा आफू नभएकाले मात्र घोषणा गरेको भन्दै तितो पोखे।

‘गिरिजाप्रसाद कोइरालाले हतियारधारी माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याए तर मैले अनेक आग्रह गर्दा पनि संविधानसभाभित्र रहेका दललाई संविधानसभाभित्र राख्न सकिएन’, संविधान घोषणाप्रति असहमति जनाउँदै यादवले भने, ‘मेरो आग्रह कसैले पनि मानेन। ठूलो पीडाका बीच मैले संविधान घोषणा गरें। त्यो मेरो पदसँग बाँधिएको दायित्व थियो।’

पूर्वराष्ट्रपति यादवले दलहरूबीच संविधान निर्माणका लागि भएको आठबुँदे सहमतिपछिको राजनीतिक कोर्समा आफ्नो कुनै संलग्नता नभएको भन्दै त्यसमा पनि असन्तुष्टि पोखे। ‘दलहरूबीच भएको पछिल्लो आठबुँदे सहमतिपछि म सिनमा छैन’, उनले भने।
अन्नपूर्ण पोस्टबाट साभार

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}