
|
|
काठमाडौं, पुुस १७ । नयाँ शक्ति बनाउनका लागि भन्दै खाडी मुलुकको भ्रमणमा निस्केकी हिसिला यमीका कारण खाडीमा रहेका नेपाली झन् बिच्किएका छन् । नयाँ शक्तिको विदेश विभाग प्रमुख भएको भन्दै उनी खाडीका कतार, साउदी अरब, बहराइनलगायतका मुलुकमा अभियान लिएर गएकी थिइन् ।
उनले ती मुलुकमा एकाध नेपाली भेला गरेर नयाँ शक्तिको बारेमा प्रवचन दिन भन्दा पनि एमाओवादीको उछित्तो मात्रै काढ्ने काम गरिन् ।
उनले खाडीमा त्यति मात्रै होइन, भारत समेत आफूहरूको पक्षमा रहेको भनेर बताएपछि प्रवासी नेपालीले हुटिङ गरेका थिए । उनले आफू खाडीबाट सोझै भारत जाने र भारतीय संस्थापन पक्षसँग कुरा गर्ने बताएकी थिइन् ।
उनले त्यसो भनेको २४ घण्टा नबित्दै भारत ओर्लिएकी छिन् । उनले भारतको संस्थापन पक्षसँग कुरा गर्ने बताएकी छिन् । कतार एयरलाइन्सको जहाज चढेर उनी भारतको नयाँदिल्ली ओर्लिएकी छिन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

