Home » » के तपाईलाई ब्लड प्रेसर छ ? यसो गर्नुहोस्

के तपाईलाई ब्लड प्रेसर छ ? यसो गर्नुहोस्

के तर्पांलाई ब्लड प्रेसरले सताएको छ ? ब्लडप्रेसरको उपचार गराउन कैयन अस्पताल धाएर पनि दिक्क हुनुभएको छ भने यी धरेलु उपचार गर्नुहोस् ।

यसले तपाईंलाई राहत दिन सक्छ । नेपालमा परम्परागत रुपमा घरेलु उपचार हुने गरेको छ भने दैनिक रुपमा प्रयोग गरिने खाद्य सामग्रीहरु पनि औषधिका रुपमा प्रयोग गर्न सकिन्छ । हामीले खाने तरकारीमा मेथी फुराउने गरेका छौं । त्यसका साथै लसुन पनि पिसेर हाल्ने गरेका छौं जसका कारण खाना स्वादिष्ट बन्ने गर्दछ ।

मेथी खाना स्वादीष्ट पार्ने मसला मात्र नभएर रक्तचापको अचुक औषधिका रुपमा प्रयोग गर्न सकिन्छ । रक्तचापका बिरामीले मेथिको साग र मेथिको गेडा अत्याधिक रुपमा प्रयोग गर्दा रक्तचाप सन्तुलनमा आउँछ ।

त्यसैगरी हामीले कहिलेकाँही प्रयोग गर्ने हिमाली जडिबुटी जटामसीको दैनिक दुई पटक प्रयोग गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।

त्यस्तै पीप्लाको फल दुई ग्राम र अश्वगन्धा ३ ग्राम मिसाएर दिनमा एक पटक सेवन गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउँछ । हाम्रै घरमा पाइने रुख कटहरको पाकेको फल वा यसको पत्ताको रस नियमित सेवन गर्नाले उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।

उच्च रक्तचाप नियन्त्रणका लागि अर्को घरेलु औषधिका रुपमा कमलको फूल प्रयोग गर्न सकिन्छ । तीन वटा कमलको फुललाई पानीमा उमालेर सक्खर मिसाएर प्रयोग गर्दा रक्तचाप नियन्त्रणमा आउँछ ।

सर्पगन्धाको जुणेको धुलो बनाएर दुई ग्रामका दरले दिनमा दुई पटक प्रयोग गर्नाले रक्तचाप सन्तुलनमा आउँछ । हिङ्गको प्रयोगले पनि रक्तचापलाई सन्तुलनमा राख्छ । यसको प्रयोग नियमित गर्नले अन्य रोग नियन्त्रणमा पनि सहयोग पुग्छ । त्यस्तै लसुनको पोटी हरेक दिन सवेरै खाली पेटमा दुई पोटी लसुन खानाले रक्तचाप लगायत अन्य रोग नियन्त्रणमा पनि सहयोग पुग्छ । त्यस्तै प्याज उच्च रक्तचापका विरामिका लागि अचुक औषधि हो ।

आधुनिक विज्ञानको अनुसन्धानले पनि प्याजमा क्वरसेटीन रसायन पाइने र उक्त रसायनले एन्टी अक्सीडेन्ट फ्लोवेनेल उत्पादन गर्ने र हृदय रोग नियन्त्रणमा यो रसायनले औषधिको काम गर्ने प्रमाणीत भएको छ ।
यसले उच्च रक्तचाप नियन्त्रणमा पनि भुमिका खेल्दछ । अब तपाईंले यी घरेलु औषधिको प्रयोग गर्नुभयो भने उच्च रक्तचाप त हराउँछ नै अन्य रोकको संक्रमण पनि घट्ने सम्भावना पनि उच्च रहन्छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}