Home » » सन् २०१५ मा संसार हल्लाउने घटनाहरु के के भए? सूचीमा नेपालको विनासकारी भूकम्प पनि

सन् २०१५ मा संसार हल्लाउने घटनाहरु के के भए? सूचीमा नेपालको विनासकारी भूकम्प पनि

काठमाडौँ१६ पुस - सन् २०१५ आजबाट विदा हुँदैछ। यो वर्ष संसार हल्लाउने विश्वभरमा प्रमुख घटनाहरु के के भए विभिन्न इन्टरनेट साइटको सहयोगमा यो वर्ष भएका प्रमुख घटनाहरु उल्लेख गर्ने प्रयत्न गरिएको छ।


जनवरी :
यो वर्षका जनवरी महिनाको ७/९ गते फ्रान्सको प्रमुख व्याङ्ग्यात्मक पत्रिका सार्ली एब्दोको कार्यालय पेरिसमा आतङ्ककारी आक्रमण र यसको दुई दिनपछि पेरिसकै एक यहुदी सुपरमार्केटमा पुनः आक्रमण हुँदा १७ को मृत्यु २६, अमेरिकी गठबन्धन सेनाको सहयोगमा सञ्चालित चार महिना लामो हवाई आक्रमण पश्चात् सिरियाली कुर्दिस सेनाले इस्लामिक स्टेट (आईएस) का जिहादी लडाकूलाई टर्कीको सिमाना नजिकैअवस्थित कोषाने सहरबाट धपाउन सफल ।

फेब्रुअरी :
१२ तारिख, युक्रेन । युक्रेनका पृथकतावादी विद्रोही र सरकारबीच फ्रान्स जर्मनी र रुसद्वारा समर्थित मिन्स्क द्वितीय शान्ति मार्गचित्रमा हस्ताक्षर । तर यो सम्झौता धेरै समय टिकेन । पुनः १ सेप्टेम्बरमा अर्को सम्झौता भएता पनि डिसेम्बरको पहिलो सातासम्म पनि सरकार र विद्रोहीबीच व्यापक झडप निरन्तर भइरहेको छ ।

मार्च :
१७ तारिख, इजरायल र प्यालेस्टिनी इलाका : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड दलले संसदीय निर्वाचनमा विजयी । जागापट्टीमा पहिलेदेखि नै निर्माण हुँदै आएको सेटलमेन्ट भवनहरु निर्माण कार्यमा थप तिब्रता । प्यालेस्टिनीहरुसँगको शान्तिप्रक्रियाका बिश्राम । परिणामस्वरुप आक्रोशित प्यालेस्टिनीहरुद्वारा इजरायली सरकारी भवन र सुरक्षाकर्मीमाथि ढुङ्गामुढाको वर्षा, हतियारको प्रयोग आत्मघाती कार आक्रमण र हिंसात्मक झडपहरु ।

१८ तारिख, ट्युनिसिया : ट्युनिसियाको राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटकहरु र एक जना ट्युनिसियाली प्रहरीको मृत्यु त्यसको लगभग डेढ महिनापछि जुन २६ मा ट्युनिसिया कै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु । यसको छ महिनापछि नोभेम्बर २४ का दिन राष्ट्रपतिको सुरक्षाकर्मी चढेका बसलाई लक्षित गरी बम प्रहार गरिँदा केही सुरक्षाकर्मीसहित कम्तीमा १२ जनाको मृत्यु । अलगअलग मितिमा गरिएको तीनवटै आक्रमणको जिम्मा इस्लामिक स्टेटले लियो ।

२४ तारिख, फ्रान्स : सस्तो दरमा हवाई सेवा उपलब्ध गराउने जर्मनीको बजेट एयरलाइन्स जर्मन विङ्ग्सको एउटा एयरबस फ्रान्सेली पर्वतमाला फ्रेन्स आल्प्समा ठोक्किँदा विमानमा सवार यात्रु १५० सबैको मृत्यु । दुर्घटना अनुसन्धानकर्ताका अनुसार सहचालक एडियास लुबिजको लहरबाजीले जानाजानी उक्त विमान दुर्घटनाग्रस्त बनाएको ठहर ।

२६ तारिख, यमन : साउदी अरब नेतृत्वको गठबन्धन सेनाको जेट विमानद्वारा राष्ट्रपति आबेद रब्बो मन्सुर हादीलाई समर्थन गर्दै हुथी सिया विद्रोहीमाथि व्यापक बम वर्षा । यमनको द्वन्द्वमा हालसम्म करिब छ हजारको मृत्यु भइसकेको पुष्टि ।

अप्रिल :
२ तारिख, केन्यारसोमालिया । सोमालियाका सबाब इस्लामिक विद्रोही लडाकू केन्या पुगी गारिसा विश्वविद्यालयमा आक्रमण अधिकांश विद्यार्थीसहित कम्तीमा १७८ जनाको आमहत्या ।


२५ तारिख , नेपाल : नेपालको गोरखा जिल्लाको बारपाकमा केन्द्रविन्दू बनाएर गएको ७।८ रिक्टर स्केलको गोरखा भूकम्पले करिब ८ हजार ९०० को ज्यान लिनुका साथै लगभग पाँच लाख घर आंशिक पूर्णरुपमा क्षतिग्रस्त । यसको करिब दुई हप्तापछि मे १२ का दिन ७।३ रिक्टर स्केलको पराकम्पबाट थप केही दर्जनको मृत्यु ।

२६ तारिख, बुरुन्डी : बुरुन्डीका राष्ट्रपति पियरे कुरुन्जिजाले निर्वाचनमा तेस्रो पटक विजय हासिल गरेको । निर्वाचनमा राष्ट्रपतिद्वारा धाँधली र शक्तिको दुरुपयोग गरेको भन्दै हजारौँद्वारा हिंसात्मक विरोध प्रदर्शन । प्रदर्शन केही महिनासम्म जारी सयौँ आन्दोलनकारी मारिए ।

मे ७ तारिख, बेलायत : प्रधानमन्त्री डेभिड क्यामरुनको कन्जरभेटिभ पार्टीको बेलायती आमनिर्वाचनमा पुनःविजयी यसले बेलायत युरोपेली संघ (ईयू) मा प्रवेश गर्ने कि नगर्ने भन्ने राष्ट्रव्यापी जनमत सङ्ग्रहमा जान सहज हुने विश्वास ।

२९ तारिख, नाइजेरिया : गत मार्चको निर्वाचनमा विजयी हुनुभएका राष्ट्रपति मुहमदु बुहारीको सपथ ग्रहणको लगत्तै पश्चात् इस्लामिक स्टेट आतङ्ककारी सम्बन्ध नाइजेरियाली बोको हराम इस्लामीक लडाकूविरिुद्ध व्यापक सैनिक कारबाही गर्ने प्रतिबद्धता । बोको हराम विद्रोहीहरुले मुलुकका एक हजार पाँच भन्दा बढी नागरिकको हत्या गरिसकेको । यिनै आतङ्ककारीले नाइजेरियालाई आफ्नो अखडा बनाएर छिमेकी कुलुकहरु क्यामरुन, चाड, नाइजरमा समेत आक्रमण गर्दै आएका ।

जून  :
१ तारिख, चीन : मध्य चीन भएर बग्ने एक ठूलो नदी याङत्सेमा एउटा चिनियाँ यात्रुवाहक जहाज पल्टिँदा त्यसमा यात्रा गरिरहेका ४५४ मध्ये ४४२ जनाको मृत्यु ।

१७ तारिख, संयुक्त राज्य अमेरिका : साउथ क्यारोलिना राज्यको चाल्र्सटन महानगरमा अवस्थित ऐतिहासिक ब्ल्याक चर्चमा एक जना गोरा बन्दुकधारीले आक्रमण गरी अन्धाधुन्द गोली चलाउँदा आक्रोसित अश्वेतहरु र प्रहरीबीचको व्यापक झडप, श्वेत र अश्वेतबीच जातीय विभेदको भावना मौलायो ।

२६ तारिख, संयुक्त राज्य अमेरिका : अमेरिकी सर्बोच्च अदालतले सबै राज्यहरुमा समलिङ्गी विवाह (पुरुष र पुरुषबीच) गे म्यारिजलाई अधिकार प्रदान।


जुलाई :
१ तारिख, संयुक्त राज्य अमेरिका र क्युबा : शीत युद्धताका आपसमा शत्रुवत व्यवहार गर्ने अमेरिका र क्युबाबीच ५४ वर्षपछि पुनः दौत्य सम्बन्ध कायम गर्दै ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर।

१३ तारिख, ग्रीस : प्रधानमन्त्री अलेक्सिस सिप्रासले तीन वर्षमा तिर्ने गरी ८६ अर्ब युरो (९३ अर्ब अमेरिकी डलर) बराबरको युरोपेली संघ स्तरीय ऋण लिन स्वीकार । प्रधानमन्त्री सिप्रास गहिरो विवादमा सेप्टेम्बर २० मा भएको निर्वाचनमा उनको दल रियाडिकल लेफ्ट पार्टी सिरिजा संसदीय निर्वाचनमा विजयी ।

१४ तारिख, इरान : इरान र पश्चिमेली ठूला शक्ति राष्ट्रबीच १८ दिनसम्म चलेको छलफलमा इरानले कुनै पनि आणविक निर्माण वा खरिद नगर्ने भन्ने प्रतिबद्धता ।

अगस्ट :
१२ तारिख, चीन :चीनको तियानजिन महानगरमा अवस्थित एउटा रासायनिक पदार्थ भण्डारण केन्द्रमा भीषण विस्फोट हुँदा कम्तीमा १६५ को मृत्यु ।

सेप्टेम्बर :
३ तारिख, ग्वाटेमाला : ग्वाटेमालाको कँग्रेस (संसद) ले भ्रष्टाचारको आरोप लगाई पक्राउ पुर्जीसमेत जारी गरेपछि राष्ट्रपति ओट्टो पेरेजद्वारा राजीनामा ।

१८ तारिख, संयुक्त राज्य अमेरिका र जर्मनी : ठूलो परिमाणमा गाडी उत्पादन गर्ने जर्मनी कम्पनी भक्स वागन कम्पनीलाई अमेरिकी प्रदूषणस्तर निरीक्षणलाई झुक्याई ठगी गरिरहेको भन्ने आरोपमा मुद्दा लगाइयो । यसबाट अमेरिका मै ठूलो काण्ड मच्चियो ।

१९२२ तारिख, क्युबा : पोप फ्रान्सिस अमेरिका जाने क्रममा क्युबाको ऐतिहासिक भ्रमण । धर्मगुरु पोपले नाभेम्बर २५ देखि ३० सम्म केन्या, युगान्डा र मध्य अफ्रिकी गणतन्त्रको समेत भ्रमण गरे ।
२४ तारिख, साउदी अरेबिया । मुसलिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का नजिक रहेको सीमामा हज तीर्थयात्रीहरुबीच भागदौड चल्दा दुई हजार २३६ को मृत्यु ।

३० तारिख, सिरिया : इस्लामिक स्टेटविरुद्ध सैनिक कारबाही गरेको भन्दै रुसद्वारा सिरियाली भूभागमाथि हवाई आक्रमण टर्की तथा उसका मित्रराष्ट्रहरुद्वारा भने राष्ट्रपति बसार अल असादको शासनमाथि आक्रमण भनी तीब्र आलोचना ।

अक्टोबर 
३ तारिख, (अफगानिस्तान) उत्तरी अफगान सहर कुन्दुजमा अवस्थित एक अस्पतालमा अमेरिकी हवाई आक्रमणमा बिरामीसहित ४२ को मृत्यु । अमेरिकाद्वारा क्षमा याचना, अफगानी सुरक्षाकर्मी एक्लैले मात्र तालिवान लडाकूसँग टक्कर लिननसक्ने कारण सन् २०१६ पछि हजारौ बहुराष्ट्रिय सेना अफगानिस्तानमै रहने वासिङ्गटनको भनाई ।

१९ तारिख, क्यानाडा : लोकप्रिय पूर्वप्रधानमन्त्रीका पुत्र लिवरल पार्टीका नेता जसटिन टुडो आमनिर्वाचनमा विजयी ।

३१ तारिख, इजिप्ट र रुस : इजिप्टको सार्मएलशेख रिसोर्टबाट रुसकोरहने वासिङ्गटनको भनाई ।

१९ तारिख, क्यानाडा : लोकप्रिय पूर्वप्रधानमन्त्रीका पुत्र लिवरल पार्टीका नेता जसटिन टुडो आमनिर्वाचनमा विजयी ।

२९ तारिख, चीन : अत्यन्त विवादास्पद रहेको चीनको एक सन्तान नीति खारेज ।
पेरिसमा भिषण आंतककारी हमला, संकटकाल घोषणा

नोभेम्बरः
१४ तारिख, फ्रान्स : फ्रान्सको राजधानि पेरिसमा आतंककारी हमला १ सय ५० भन्दा बढीको मृत्यु।

डिसेम्बरः
९ तारिख, इन्डोनेसियामा : दक्षिणपूर्वी इन्डोनेसिया नजिकैको समुद्रमा केन्द्र भएर बुधबार ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प।

१३ तारिख, साउदी अरब : इतिहासमै पहिलो पटक साउदी अरेबियाको नगर परिषदको निर्वाचन अन्तर्गत मक्काको नगरपरिषदमा महिला विजयी।

२५ तारिख, नाइजेरिया :
 नाइजेरियाको ग्यास कारखानामा विस्फोट हुँदा १०० भन्दा बढीको मृत्यु। 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}