
|
|
मुटुरोगका प्रमुख लक्षण निम्न रहेका छन् ।
- बायाँ छाती भारी हुने
- बायाँ छातीभित्र असह्य दुखाइ
- दुखाइ कुनै पनि अवस्थामा कम नहुनु
- दुखाइ बढेर बायाँ पाखुरासम्म दुख्नु
- छातीभित्र दुख्दा पसिना आउने
- वाकवाकी लाग्ने, वान्ता हुने
- मुटुमा रगत घटेर बेहोस हुने
- हार्टफेलियर (मुटुमा समस्या)
- खुट्टा सुनिने
- श्वास फेर्दा स्वाँस्वाँ हुने
- रिंगटा लाग्ने
- आलस्य भई कमजोरी हुने
- कुनै काम नगरेको अवस्थामा पनि स्वाँस्वाँ हुने
- आफूसरहको मान्छेजस्तो हिँड्न नसक्नु
- पिसाब कम हुनु
चिसोमा मुटुरोगका बिरामीले निम्न कुरामा ध्यान दिनुपर्छ
चिकित्सकका अनुसार पहिला नै मुटुमा समस्या भएकालाई हार्टफेलियरको समस्या हुन्छ भने पहिला मुटुमा समस्या नभएकालाई पनि हृदयघात हुन्छ। जाडोमा शरीर तताउन मुटुले थप काम गर्नुपर्ने र कमजोर मुटुले पूर्ण रुपमा काम गर्न नसक्नाले हार्टफेलियर हुन जान्छ। ‘पूरै शरीर तताउन जाडोमा रक्तसञ्चारको माग बढी हुन्छ जुन पहिला बिग्रेको मुटुले गर्न सक्तैन ।तसर्थ चिसोमा मुटुरोगीहरुले निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
- निमोनिया र फ्लुको भ्याक्सिन लगाउने
- रुघा तथा इन्फ्लुएन्जाको खोप प्रत्येक वर्ष लगाउने
- चिसोमा बाहिर नडुल्ने
- खानपिन नियन्त्रण गर्ने
- बढी शारीरिक परिश्रम नगर्ने
– नेपालपाटी

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

