
|
|
एजेन्सी ।
कुनै पनि मानिसको मृत्यु कति समयपछि हुन्छ भन्ने पत्ता लगाउने सजिलो विधी पत्ता लगाएको दावी बैज्ञानिकहरुले गरेका छन् । मुखबाट निस्किने र्याल (थुक) बाट मान्छेको आयुबारे अनुमान गर्न सकिने उनीहरुको भनाइ छ ।
बैज्ञानिकहरुले हालै गरेको शोधमा मानिसको जीवन र मृत्युको बारेमा थुकबाट भन्न सकिने पत्ता लागेको हो । मानिसको आयु कम हुँदै जाँदा शरीरमा एन्टीबडी घटिरहेको हुन्छ । थुकबाटै मानिसको स्वास्थ्य अवस्था र सम्भावित मृत्युबारे समेत भविष्यवाणी गर्न सकिने बैज्ञानिकहरुको भनाइ छ ।
करिव ७०० जना बयस्क मानिसहरुमाझ गरिएको यो अध्यन सन् १९९५ मा शुरु भएर १९ वर्ष पछि सकिएको थियो । अध्यन गरिएका मानिसहरुमा मृत्यु हुने समयमा एन्टीबडीको स्तर घटिरहेको पाइयो ।
बेलायतको बर्मिङ्घम विश्वविद्यालयका डाक्टर फिलिप्सले बताए अनुसार शरीरमा जति बढी एन्टीबढी उत्पादन हुन्छ र यसलाई कायम राख्न सकिन्छ त्यसबाट मानिसको स्वास्थ्य र आयु समेत निर्धारित हुन्छ । यस्ता कुरामा पुरै नियन्त्रण गर्न नसकिएपनि तनाव, भोजन, शारीरिक अभ्यास, मदिरा सेवन जस्ता कुराले शरीरमा एन्टीबडीको निर्माणमा असर पर्ने बताइन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

