Home » » महतोको स्वास्थ्यमा सुधार

महतोको स्वास्थ्यमा सुधार

१२ पुस, विराटनगर ।
भन्सार नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ धर्नामा बसेपछि प्रहरीसँग झडप हुँदा उनी घाइते भएका थिए ।
विराटनगरस्थित गोल्डेन अस्पतालको सघन उपचार कक्षमा शनिबार बेलुकी भर्ना भएका उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

महतोमाथि भएको कुटपिटको विरोधमा आज जनकपुर तनावग्रस्त बनेको छ । बिराटनगरको घटनालाई लिएर जनकपुरका चोच चोकमा मोर्चाका कार्यकर्ताले लाठीजुलुस प्रदर्शन गरेका छन् भने सम्पूर्ण शिक्षण संस्था बन्द गराइएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}