
|
|
कुशल श्रेष्ठ
यदि तपाईँको
शिशुलाई ज्वरो आएको छ भने, तपाईँलाई कत्ति तनाव हुन्छ र चिन्ता लाग्छ भन्ने कुरा अरूले कल्पना गर्न
सक्दैनन्। धेरै अनुसन्धानले के देखाएको छ भन्दा, यदि तपाईँको शिशु स्वस्थ छ भने ज्वरो आउनु
कुनै चिन्ताको विषय होइन। शिशुको शरीरमा भित्रिएका कीटाणु र ब्याक्टेरियाहरूसँग
प्रतिरोध गर्नको लागि नै ज्वरो आउने गर्दछ। तापनि, ज्वरो बिस्तारै बढ्दै गैरहेको छ, शिशुको शरीर जलिरहेको छ र शिशुलाई अप्ठ्यारो भएको छ भने, यी सामान्य उपाय अपनाउँदा पनि शिशुलाई आराम मिल्दछ।
तर, तपाईँले के कुरा सम्झिनु महत्वपूर्ण हुन्छ
भन्दा यदि शिशुलाई धेरै दिनसम्म पनि ज्वरोले छाडेन भने तुरुन्तै नजिकैको स्वास्थ्य
चौकीमा लैजानुपर्दछ।
नवजात शिशुको ज्वरो कम गराउने घरेलु
प्राकृतिक उपायहरूः
१. आलुको धुलो
·
सुरुमा आलुलाई सफा पानीले पखाल्नुहोस् र बोक्रा
निकाल्नुहोस्।
·
बोक्रा निकालिसकेपछि, आलुलाई कोरेसोको मद्दतले
धुलो बनाउनुहोस्।
·
उक्त धुलो आलुलाई शिशुको मोजाभित्र राख्नुहोस्। यसले
शिशुको ज्वरोलाई कम गर्दछ।
२. ब्राण्डी
र पानी
·
सुरुमा, सानो कपमा ब्राण्डी अथवा
ह्विस्की राख्नुहोस्।
·
उक्त ब्राण्डीमा त्यति नै मात्रामा पानी मिसाउनुहोस् र
एउटा बटुकोमा राख्नुहोस्।
·
ब्राण्डी र पानीको मिश्रणमा फोम अथवा नरम कपडा भिजाउनुहोस्
र हलुका निचार्नुहोस्।
·
उक्त फोम वा नरम कपडालाई शिशुको पाइतालामा राखिदिनुहोस्।
यसले पनि शिशुको ज्वरो कम गराउन मद्दत गर्दछ।
३. निधारमा
पानीपट्टी
पानीपट्टी
लगाउनु पनि उच्च ज्वरो कम गराउने राम्रो विधी हो। शिशुको निधारमा चिसो पानीले
भिजाएको नरम कपडा राखिदिनुहोस् र केही क्षणपछि त्यो कपडालाई झिकेर फेरि त्यही
प्रक्रिया दोहोर्याउनुहोस्। शिशु सुतेको बेला यसो गर्दा ज्वरो चाँडै कम गर्दछ।४. मनतातो
पानीले नुहाइदिनुहोस्
·
नवजात शिशुलाई नुहाउनको लागि मनतातो पानी प्रयोग गर्नु
एकदमै महत्वपूर्ण हुन्छ। चिसो पानीले शिशुको शरीर काम्न थाल्दछ र ज्वरो घट्नुको
सट्टा झन् बढ्न जान्छ।
·
मनतातो पानीले नुहाएपछि, पानी वाष्पिकरण भएर जान्छ र
शरीरको तापक्रम नियन्त्रण हुन जान्छ।
५. शिशुलाई
प्रशस्त तरल पदार्थ पिलाउनुहोस्
तपाईँको शिशुलाई प्रशस्त
मात्रामा सफा चिसो खाना र तरल पदार्थ खुवाउनुहोस्। यसले शिशुको शरीरको तापक्रम
घटाउँदछ र शरीरमा पानीको मात्रा पनि नियन्त्रण गर्दछ।
६. पङ्खा
·
पङ्खालाई सबैभन्दा सानो मोडमा चलाउनुहोस् र पुरै कोठामा
हावा पुग्ने गरी घुमाउनुहोस्।
·
शिशुलाई सिधै पङ्खाको हावा नपार्नुहोस्।
महत्वपूर्ण नोटः
·
यदि तपाईँको शिशु ३ महिना पुगेको छैन र ज्वरो आएको छ भने, तुरुन्तै स्वास्थ्य चौकी
लैजानुहोस्।
·
३ देखि ५ महिनाको शिशुलाई १०१ भन्दा बढी डिग्रीको ज्वरो
आएको छ भने पनि तुरुन्तै अस्पताल लैजानुहोस्।
·
यदि तपाईँको शिशु ६ महिनाको भएको छ र १०२ डिग्री भन्दा
बढीको ज्वरो आएको छ भने पनि तुरुन्तै अस्पताल लैजानुहोस्।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

