Home » » माग सम्बोधन नभए सम्म नाकाबन्दी खुल्दैन- उपेन्द्र यादव

माग सम्बोधन नभए सम्म नाकाबन्दी खुल्दैन- उपेन्द्र यादव

१६ पुस, जनकपुरधाम ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा ‘आन्तरिक उपनिवेश’ समाप्त नहुन्जेल आन्दोलन नरोकिने बताएका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले केही गनेचुनेका एउटै समुदायका व्यक्तिहरु मधेशीहरुलाई उपनिवेशमा राखेको भन्दै उपनिवेश समाप्त नभए सम्म आन्दोलन अझै सशक्त पार्दै जाने चेतावनी दिए ।

११ बुदे माग कार्यान्वयन गर्न सत्ता पक्ष आनाकानी गरिरहेकोले त्यो माग सम्बोधन नभए नाकाबन्दी जारी रह्ने चेतावनी पनि उनले दिएका छन् ।

आफ्नो पक्ष बलियो बनाउनका लागि अन्तराष्ट्रिय जगत संग सहयोग मागेको र अन्तराष्ट्रिय समुदाय पनि संविधान अपुरो रहेको जबाव दिएको दावी समेत उपेन्द्रले गरे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}