Home » » बाबुरामको प्रस्ताव: बिजुली निकालौं, भारतलाई नाकाबन्दी गरौं !

बाबुरामको प्रस्ताव: बिजुली निकालौं, भारतलाई नाकाबन्दी गरौं !

'नेताहरु बुढा भइसक्नु भो, चिन्तन केटाकेटी छ'
भारतीय नाकाबन्दीले हरेक नेपाली प्रभावित छन् । कुनै न कुनै रुपमा उनीहरुको दैनिकी फेरिएको छ र यो अझै कति दिन कायम रहन्छ, कसैले भन्न सक्ने अवस्था छैन । साइकल चढ्नेदेखि बिजुलीबाट गुड्ने कार सडकमा गुडाउनेसम्मका आत्मनिर्भर बन्ने राष्ट्रवादी बहस पनि चलिरहेको छ ।
तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई धेरैले भन्ने गरेको विकास कहिल्यै नगर्ने ‘पाखण्डी राष्ट्रवाद’ काम नलाग्ने बताउँछन् । साथै नेपाललाई विकास गरेको अवस्थामा भारतलाई नै नाकाबन्दी गर्न सकिने उनको तर्क छ ।

बाबुरामको प्रस्ताव छ, चिनियाँ पुँजी ल्याएर लगानी गरौं र भारतसँग उर्जा सम्झौता गरेर बिजुली बेचौं।’ यसका लागि चीनसँग पनि बिप्पा सम्झौता गर्नुपर्ने उनको भनाइ छ । सफल अर्थमन्त्रीको छवि बनाएका भट्टराई प्रधानमन्त्री हुँदा भारतसँग बिप्पा सम्झौता भएको थियो ।
डा. भट्टराईले भनेका छन् कि दुबै देशको पुँजी र प्रविधि ल्याएर १० हजार मेगावाटको नेपालको कर्णाली चिसा पानी प्रोजेक्ट बनाऔं । ५ हजार मोगावाट हामीले खर्च गरौं, ५ हजार भारततिर बेचौं ।’
उर्जा मन्त्रालय सम्हाल्ने हरेकले मन्त्री भएपछि एक वर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्छन् । योपटक त प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस्तै घोषणा गरे, जसलाई डा. भट्टराई हास्यास्पद बताएका छन् । उनको प्रश्न छ, ‘एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्छन्, कहाँबाट लोडसेडिङ अन्त्य गर्नुहुन्छ ?’
लोडसेडिङ अन्त्य गर्ने हो भने आफ्नो तरिकाले जानुपर्ने र यसका लागि ५/७ वर्ष लाग्ने डा. भट्टराईको विश्लेषण छ । उनले भनेका छन् किभारत र चीन दुबैसँग बिप्पा सम्झौता गर्ने र दुबैको पुँजी र प्राविधि ल्याउने । उनले भनेका छन्-‘चिसापानी जस्ता केही प्रोजेक्ट १० वर्षभित्र ४० हजार बिजुली पैदा गरौं ।’
यसरी उत्पादन हुने बिजुलीमध्ये २० हजार आफूले प्रयोग गरौं । भट्राईले भने, यसले अहिलेको ग्यास, पेट्रोललगायतमा निर्भर हुनु पर्दैन । बिजुलीबाट पकाएर खाऔैं, बिजुलीका कार चढेर हिँडौं ।’
बाँकी २० हजार भारततिर निर्यात गर्नु पर्ने उनको भनाइ छ । ‘उसले जोरी खोजेर नाकाबन्दी गर्छ भने हामीले बिजुलीको नाकाबन्दी गरिदिन्छौं’पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ- यस्तो आत्मनिर्भर भएपछि उसले नाकाबन्दी गर्ने आँट गर्छ ? उसले नाकाबन्दी गर्न खोज्यो भने बिहार र युपीका मान्छेले विद्रोह गरिदिन्छन् । यो पो देश बनाउने तरिका हो, राष्ट्रवादी हुने तरिका हो ।’
तर, हाम्रा नेताहरु बुढा र केटाकेटी बनेको भट्टराईले बताएका छन् । ‘मान्छे उमेरले बुढा भइसक्नु भो, चिन्तन केटाकेटी छ’ उनले भने । आफूले अन्यथा भन्न नखोजेको भन्दै उनले प्रष्ट्याउँदै भने, ‘उहाँहरुको कुरा सुन्नुस् त, मैले यति वर्ष जेल बसेँ, ००० सालमा यो भएको थियो, गणेशमानजीले यो भन्नु भो । वीपीले यसो भन्नु भएको थियो । मनमोहनजीले यसो भन्नु भो, त्यही कथाबाहेक केही भन्नुहुन्न । अहिले के गर्ने ? भोलि के गर्ने भन्नुपर्‍यो ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}