Home » » अर्घाखाँचीमा श्रीमतीलाई परपुरुषको ओछ्यानमा श्रीमानले भेटाएपछि…

अर्घाखाँचीमा श्रीमतीलाई परपुरुषको ओछ्यानमा श्रीमानले भेटाएपछि…

अर्घाखाँची, ६ पुस । श्रीमतीको अवैध सम्बन्धले हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । घटना अर्घाखाँची जिल्लाको हो । जहाँ आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्पर्क राखेको भन्दै एक युवकले आफ्नै छिमेकीको हत्या गरे । उनको नाम हो जगत मुखिया । जसले खल्जी गाविस– ४ का हेमराज भण्डारीको हत्या गरेका हुन् । प्यूठान दाङवाङ– १ का २१ वर्षीय मुखियालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । 

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी कमलराज खरेलले मुखियाले ४ गते राति भण्डारीकै घरमा उनको हत्या गरेको जानकारी दिनुभयो । ‘मुखियाकी श्रीमतीसँग भण्डारीले अनैतिक सम्बन्ध राखेपछि आक्रोशमा आएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ’ डीएसपी खरेलले भन्नुभयो । भारतमा जागिर गर्दै आएका मुखिया घर नभएको बेला उनकी श्रीमती र हेमराजको सम्बन्ध बसेको थियो । भर्खरै मात्र भारतबाट घर फर्किएका मुखियाले गाउँमा श्रीमती सल्किएको हल्ला चलेपछि भण्डारीकै घर गएर उनको हत्या गरेका हुन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}