
|
|
एजेन्सी । लाखौ सपना बुनेर गाउँबाट बहिनीलाई भेट्न राजधानी पसेकी एक युवतीले नर्कको जीवन बिताउनुपरेको छ ।
घटना भारतको राजधानी नयाँ दिल्लीको हो । जहाँ एक युवती बाध्यताले वेश्या बनेकी छिन् । बहिनी भेट्न भनेर नाडिया गाउँबाट छिमेकी महिलासँग राजधानी दिल्ली आएकी राधा नामकी ती युवतीलाई विवश र उत्तेजित पारेर वेश्यावृत्तिमा लगाइयो ।
भारतीय सञ्चारमाध्यमको समाचार अनुसार छिमेकी महिलाका पति राजू नामका पुरुषले उनलाई क्याप्सुल दिएर सुन्दरता बढ्ने र स्वस्थ रहनका लागि खान आग्रह गरे । र काम गर्न सजिलो हुने पनि बताए । त्यतिबेला छिमेकी महिला पनि त्यही थिईन् । उनलाई दिल्ली ल्याएर ती महिलाले बहिनी बाहिर गएको बताउँदै आफ्नो घर लगेकी थिईन् । जहाँ उनका पतिले क्याप्सुल खुवाए । त्यसपछि क्याप्सुलले उनलाई नशा लाग्यो र ती पुरुषले ब्लू फिल्म देखाउन थाले । त्यतिबेला ती महिला नचाहेर पनि निकै उत्तेजनामा आइन् र ती पुरुषले उनको अस्मिता लुटे ।
पीडित महिलाले दिल्ली महिला आयोगमा दर्ता गरेको मुद्दाअनुसार त्यो समयमा आरोपी पुरुषकी श्रीमती र साली सँगै थिए । त्यसपछि ती पुरुषले आफ्नी सालीसँग पीडित महिलालाई वेश्यालय पठाए, जहाँ ग्राहक नयाँ महिला कुरिरहेका थिए । तर, उनले त्यहाँ यौनसम्पर्क गर्न मानिनन् तब उनलाई बहिनी मारिदिने धम्की दिइयो । त्यसपछि उनले बाध्य भएर ग्राहकको प्यास मेटाइन् ।
उनलाई बहिनीको हत्या गरिदिने धम्की दिएर २० देखि ८० वर्षसम्मका करिब पाँच सय पुरुषको यौनप्यास मेटाउन प्रयोग गरियो । उनले दर्ता गराएको मुद्दामा वेश्यालयमा ग्राहकको यौनप्यास मेटाउन पठाउनुभन्दा पहिला क्याप्सुल खुवाउथे र ब्लू फिल्म देखाउने गरेको उल्लेख छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

