
|
|
काठमाडौं । भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् । मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीनबुदे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन् ।
नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा तीनबुदे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन् । विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पनि त्यही सन्देश मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवलाई सुनाएका हुन् ।
महन्थ ठाकुरले भारतीय विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री कमल थापाको तीनबुदे प्रस्तावको एक प्रति उपलब्ध गराएको र बुधबार काठमाडौं फर्किएपछि सरकारसग वार्ता गर्ने बताए । उनले भारतीय विदेशमन्त्री स्वराजलाई अवस्था हेरेर नाकाबन्दी हटाउने विश्वास दिलाएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

