
|
|
केदार शर्मा
बागलुङ–लामो समय देखि ग्याँस अभाव झेलेका बागलुङबासीले आँशिक राहत पाएका छन् । सोमबार गृहलक्ष्मी ब्राण्डको आधा भरिएका ६ सय सिलिण्डर ग्याँस बागलुङमा वितरण गरिएपछि उपभोक्ताले केही राहत महशुस गरेका हुन्
भारतको अघोषित नाकाबन्दी शुरु भएसंगै बागलुङमा ग्याँस नभित्रीएपछि यहाँका ग्याँस उपभोक्ताले सास्ती झेल्दै आएका थिए । खाना पकाउने एलपि ग्याँसको चरम अभाव भएपछि विभिन्न ग्याँस उद्योग र डिपो हरूले आधा ग्याँसको सिलिण्डर वितरण गर्न सुरु गरेका हुन् ।
जिल्ला जिल्ला प्रशासन कार्यलय बागलुङको निर्णय अनुसार आधा सिलिण्डर अर्थात् ७.१ केजी तौलको ग्याँस बिक्री गरिएको हो । गृहलक्ष्मी ग्याँस कम्पनीले ७ सय ८५ रुपैयाँ लिएर बागलुङका हिमालय इन्टरप्राइजेज, आविस्कार ट्रेडर्स, कपुर किचन, प्रयास स्टोर्श र आचार्य स्टोर्शबाट एक—एक सय सिलिण्डरका दरले ग्याँस वितरण गरेका छन ।
बागलुङमा ५ वटा ग्याँस डिलरबाट एक सयको दरले र १ सय सिलिण्डर ग्याँस प्रशासन, कर्मचारी र पत्रकारलाई गरी १ सय गरी जम्मा ६ सय सिलिण्डर ग्याँस वितरण गरिएका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए । ग्याँस वितरण हुने थाहा पाएपछि बिहान करिब ५ बजेबाटै सर्बसाधारण हरुको लामो लाम लागेको थियो । माग भन्दा एक दमै कम ग्याँस आएकाले पहिले नाम सहित सिलीण्डर बुझाएका ग्राहकलाई ग्याँस वितरण गरिएको हो । ग्याँसको चरम अभाव भई माग अत्याधिक बढेकाले ग्याँस पाउने आशमा लाईन बसेका सयौं ग्राहक भने रित्तो हात फर्किएका छन् । बागलुङमा शक्ती, गृहलक्ष्मी र भानु ब्राण्डका ग्याँस वितरण हुने गरेको छ । अबको केही दिनमै शक्ती ब्राण्डको ग्याँस आउने बताईएको छ । भारतको नाकाबन्दीपछि बागलुङमा सोमबार पहिलो पटक ग्याँस वितरण गरिएको हो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

