Home » » देशमा सङ्कट आउनुको कारक प्रधानमन्त्री–यादव

देशमा सङ्कट आउनुको कारक प्रधानमन्त्री–यादव

काठमाडौं, पुस ५ । आन्दोलनरत मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष  उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीका कारण देश संकटमा पर्दै गएको आरोप लगाएका छन् ।
आइतबार राजधानीमा  भएको कार्यक्रममा अध्यक्ष यादवले सरकार मधेसको समस्याप्रति गम्भिर नभएकोले तराइमा जारी आन्दोलन नरोकिने बताएका हुन् ।

उनले तराईको आन्दोलन समुदायका लागि मात्र नभइ सम्पूर्ण मधेशी जनताको लागि भएको बताए ।  अध्यक्ष यादवले सरकार संवेदनशील नबनेकै कारण आन्दोलनलाई निरन्तरता दिनु परेको दाबी पनि गरे । कार्यक्रममा यादवले सरकारले मधेसी जनतालाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेको भन्दै पेलेर जान खोज्ने प्रवृत्ति विरुद्ध तराइमा जनता सडकमा आएको उल्लेख गरे । मधेसी जनताको मागको बारेमा प्रधानमन्त्री ओली सकारात्मक नभएकोले समस्या झन विकराल बनेको उनको कथन थियो ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}