
|
|
५ पुस, पोर्टलुइ ।
मरिससबाट फ्रान्सको राजधानी पेरिस तर्फ उडिरहेको एयर फ्रान्सको विमानमा बम भेटिएको छ । विमानमा बम भएको जानकारी पाएपछि केन्याको मोम्बासा विमानस्थलमा विमानले आकस्मिक अवतरण गरेको थियो ।
केन्याली प्रहरी प्रवक्ता चार्ल्स ओविनोले एयर फ्रान्सको Flight 463 विमानमा बम फेला परेको पुष्टी गरेका छन् ।
४५९ जना सवार विमानमा १४ जना चालकदलका सदस्य थिए । विहान ९ बजे मरिसस छोडेको विमानले शौचालयमा बम भेटिएपछि आकश्मिक अवतरण गरेको हो ।
विमान स्थानीय समयअनुसार मौरिससबाट शनिबार राति नौ बजे उडेको थियो र फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डि गौले विमानस्थलामा आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।
नैरोबीको मोई अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरण गराइएको प्रहरीले जनाएको छ । सो सङ्कास्पद पोको बम हो वा होइन भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ ।
केही समय अघी फ्रान्सको राजधानी पेरिसमा भयानक गोली काण्ड भएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

